दिल्लीका कक्षा ६ भन्दा माथीका विद्यालय खुल्ला « Khabarhub

दिल्लीका कक्षा ६ भन्दा माथीका विद्यालय खुल्ला


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको दिल्ली प्रदेशका विद्यालयहरुमा शनिबारदेखि कक्षा ६ र त्यसभन्दा माथीका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको सुरु भएको छ ।

वायु प्रदुषणका कारण झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरुमा अहिले भौतिक उपस्थितिमै पढाइ सुरु भएको हो ।

वायु गुणस्तर व्यवस्थापन आयोगले केन्द्रीय राजधानी क्षेत्र र त्यस वरपरको क्षेत्रमा अहिले प्रदुषणको मात्रा कम भएकाले अध्ययन अध्यापन कार्य सुरु गर्न शुक्रबार सिफारिस गरेको थियो ।

भौतिक उपस्थितिसहित अध्ययन अध्यापन कार्य सुरु भएपनि अनलाइनबाट हुने अध्ययन अध्यापन कार्यलाई समेत निरन्तरता दिइने अधिकारीहरुले जनाएका छन् ।

विद्यालयका लागि घर बाहिर निस्कनु पर्दा प्रदुषणले बालबालिकालाई धेरै असर गर्ने भएकाले चिकित्सक र विज्ञहरुको सल्लाह र सुझावका आधारमा विद्यालय बन्द गरिएको थियो ।

विद्यालयहरु बन्द गर्दा विद्यालयका यातायातका साधनहरु पनि बन्द हुने भएकाले प्रदुषण न्युनीकरण गर्न समेत सहयोग पुग्ने उनीहरुको भनाइ थियो ।

विश्वमै धेरै प्रदुषण भएको शहरको सूचीमा पर्ने नयाँ दिल्लीमा प्रदुषण बढ्दै गएकोप्रति चिन्ता व्यक्त भइरहेको छ । तर ठोस सुधार हुन भने सकेको छैन । नयाँ दिल्लीमा पछिल्लो प्रदुषण गत तिहारदेखि सुरु भएको हो । तिहारमा धेरै पटका पट्काएपछि शुरु भएको प्रदुषणको असर अहिलेसम्म परेको हो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  २ : १५ बजे

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले