बार्सिलोनाको सघंर्षपूर्ण जित « Khabarhub

बार्सिलोनाको सघंर्षपूर्ण जित


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सघंर्षपूर्ण जित निकालेको छ । गएराती भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता लिए पनि इल्चेले ६२ र ६३ औँ मिनेटमा दुई गोल फर्काएपछि खेल रोचक अवस्थामा पुगेको थियो ।

८५ औँ मिनेटमा निकोलस गोन्जालेजले निर्णायक गोल गरेपछि बार्सिलोना विजयी भएको हो । त्यसअघि फरेन जुट्ग्ला र गाबीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाउँदै गोल गरेका थिए ।

इल्चेका लागि जोसे एन्टोइनी मोरेन्टे र पिर्रे मिल्लाले बराबरी गोल मात्रै गर्न सके । जितपछि बार्सिलोना १७ खेलबाट २७ अंकसहित सातौँ स्थानमा छ । पराजित इल्चे भने १५ अंकसहित १८ औँ स्थानमा छ ।

अर्को खेलमा सेभिल्लाले एट्लेटिको मड्रिडलाई २–१ गोलले हरायो । जितपछि सेभिल्ला १७ खेलबाट ३७ अंकसहित दोस्रो स्थानमा छ ।

पराजित एट्लेटिको २९ अंकसहित पाँचौ स्थानमा छ भने समान खेलबाट ४२ अंकसहित डिफेन्डिङ च्याम्पियन रियल शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : ३७ बजे

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका