निक्षेप बढेसँगै सीडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो « Khabarhub

निक्षेप बढेसँगै सीडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि हुन थालेपछि कर्जा निक्षेप अनुपात (सिडी रेसियो) मा सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १४ अर्व रुपैयाँ वृद्धि भई ४८ खर्व ६ अर्व रुपैयाँ पुगेको छ ।
यसमध्ये बैंकहरूसँग ४२ खर्व ३४ अर्व र अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग पाँच खर्व ७१ अर्व निक्षेप रहेको छ ।

निक्षेप बढेपछि बैंकहरूको सीडी रेसियोमा पनि केही सुधार आएको छ । शुक्रबारसम्ममा बैंकहरूको औसत सीडी रेसियो ९१ दशमलव १४ प्रतिशतमा झरेको छ ।

निक्षेप वृद्धिसँगै अन्तरबैंक ब्याजदर पनि घटेको छ । शुक्रबार अन्तरबैक ब्याजदर ४ दशमलव ८६ प्रतिशतमा झरेको छ ।

बैंकहरूमा निक्षेप वृद्धिसँगै कर्जा लगानी पनि बढेको छ । कर्जा लगानी ११ अर्व रुपैयाँले वृद्धि भई ४६ खर्व २ अर्व पुगेको राष्ट्र बैंकले जनाएको छ । बजारमा तरलता अभाव भएसँगै बैंकहरूले अत्यावश्यक बाहेकका कर्जा लगानी भने रोकेका छन् ।

 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : ०० बजे

भेरी नदीमा जिप खस्यो, चालकसहित दुईजना बेपत्ता

सुर्खेत- सर्खेतबाट सल्यानतर्फ जाँदै गरेको जिप बुधबार दिउँसो भेरी नदीमा

एमाले अनिर्णयको बन्दी बनेपछि केन्द्रीय कमिटी बैठक बोलाउन दबाब, पार्टी पुनर्गठन गर्न माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अस्वीकार

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली– चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा

युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार,

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण