प्रधानमन्त्री देउवा पत्नी आरजुले पाइन् तेस्रो बढी मत « Khabarhub

प्रधानमन्त्री देउवा पत्नी आरजुले पाइन् तेस्रो बढी मत


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । जस अनुसार महिलातर्फ खुला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा धेरै मत पाएकी छन् । उनले दुई हजार ८८५ मत पाएकी हुन् ।

दोस्रो स्थानमा पुष्पा भुसाल रहेकी छन् । भुसालले दुई हजार ७१८ मत पाइन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले दुई हजार ५३६ मत पाउँदा चौथो बनेकी अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन् ।

निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा प्यानलका हुन् । प्रसाई भने शेखर कोइराला प्यानलकी उम्मेदवार हुन् । महिला खुला केन्द्रीय सदस्यको ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ५६ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी