प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै | Khabarhub Khabarhub

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

संसद सञ्चालनबारे कार्य व्यवस्था समितिमा छलफल हुँदै


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दुई वटा अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ ।

यौनहिंसाविरुद्धका केहि ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई स्वीकृतिको लागि पेस गर्न लागिएको हो ।

त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले अध्यादेश अस्वीकार गर्नको लागि सूचना पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सोमबार नै सार्वजनिक गरिसकेको छ ।

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरोध जारी राखेको छ ।

संसद् सञ्चालनकाबारेमा तयारी गर्न प्रतिनिधिसभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।बैठक बिहान साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित शङ्कर हलमा सुरु हुनेछ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ४७ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको