टाउको दुखाइबाट छुटकारा पाउन चाहानुहुन्छ ? त्यसो भए नखानुस् यी खानेकुरा « Khabarhub

टाउको दुखाइबाट छुटकारा पाउन चाहानुहुन्छ ? त्यसो भए नखानुस् यी खानेकुरा


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

टाउको दुखाइको समस्याले धेरैलाई पिरोल्ने गरेको छ । अझ युवती तथा महिलाहरुमा त टाउको दुख्ने समस्या झनै बढी हुन्छ ।

भद्रगोल जीवनशैली, जथाभावी खानपिन जस्ता कारणले पनि टाउको दुखाईको समस्या झन बढ्दै छ । यदि तपाईंमा पनि यस्तो समस्या छ भने झुक्किएर पनि नखानुस् यी खानेकुरा ।

– अमिले गुन्द्रुक, तामाको तरकारी तथा अचार र पुरानो साँदेको अमिलो अचार खानु हुँदैन । – चकलेट, कफी, दही, मही, पनिर, आइसक्रिम जस्ता खानेकुरा पनि धेरै नखानुस् ।

– चिसो पेयपद्धार्थ कोक, फ्यान्टा, पेप्सी जस्ता खानेकुरा पनि धेरै सेवन नगर्नुहोस् । यसका आलवा बियर, रक्सी, वाइन पनि नखाँदा राम्रो ।

– एकदमै चम्किलो प्रकाश, उज्यालो झिलिमिलि बत्ति र भीडभाडबाट सकेसम्म टाढै बस्नुस् । अनि टाउको दुखिरहने मानिसले धेरै दुर्गन्धीत तथा बास्ना आउने ठाउँको नजिक पनि नजानु बेस् हुन्छ ।

– भोको पेट बस्दा रिस उठ्छ र टाउको थप दुख्न सक्छ त्यसैले सकेसम्म भोको पेट नबस्नु नै राम्रो हुन्छ ।

– पानी तथा फलफूल प्रशस्त मात्रामा सेवन गर्नुहोस् । सकेसम्म तनावबाट टाढा बस्नुस् । दिनमा कम्तिमा ६ र बढीमा ८ घन्टा आरामसँग सुत्नुहोस् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १ : ४२ बजे

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु