नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन : ओली « Khabarhub

नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन : ओली


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकार निकम्मा रहेको बताएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा जसपा केन्द्रीय सदस्य मंगल प्रसाद गुप्तालाई प्रवेश गराउँदै कम्युनिष्ट सरकार ढालेर निकम्मा सरकार गठन गरेको टिप्पणी गरे ।

ओलीले आफू प्रधानमन्त्री भएको बेलामा धेरै काम भएको दाबी दोहोर्‍याए। उनले आफू नेतृत्वमा रहँदा भूकम्पले ढलेका संरचना निर्माण, खरको छानामुक्त अभियान, जनता आवास कार्यक्रम, हुलाकी राजमार्ग निर्माणजस्ता लोकप्रिय काम गरेको बताए ।

उनले एमाले विकासको नीति लिएरअघि बढेकोले पार्टीप्रति जनताको विश्वास बढेको दाबी गर्दै देशभर एमाले प्रवेशको लहर चलेको बताए । सत्तारुढ गठबन्धनप्रति कडा आलोचना गर्ने ओलीले कपिलवस्तुमा भने गाली गर्न समय खर्च गर्न नचाहेको बताए । प्रचण्ड र माधव नेपालप्रति इंगित गर्दै उनले राधेराधेको नाम लिएर झुक्याउन आउने बताए ।

ओलीले नेपालको जमिन बाँझो राखी भारतलाई पानी दिन नसकिने बताए । ‘यता नेपालतर्फको जमिन बाँझो छ । उता भारततर्फ नेपालको पानीले सिँचाइ भई खेती भएको छ,’ ओलीले भने । कपिलवस्तुमा सिँचाइको लागि नौमुरे जलाशय परियोजना आवश्यक रहेको बताए ।

सभालाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने दाबी गरे ।

उनले देउवा नेतृत्वको सरकार लक्ष्य, उद्देश्य, गन्तव्य विहिन भएको बताए । लुम्बिनी प्रदेशमा पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले नेपालका गुमेका भूमिसहितको नक्सा सार्वजनिक गरेका कारण ओली सरकार ढालेको दाबी गरे ।

कार्यक्रममा एमाले सचिव लेखराज भट्टले सबै पालिकामा औधोगिक ग्राम निर्माण गरिँदा देशमा आर्थिक क्राान्ति आउने विश्वास गरेका थिए । सभामा अर्का सचिव छविलाल विश्वकर्माले पाँच दलीय गठबन्धनको सरकार चाँडै ढल्ने बताए ।

कार्यक्रममा जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित कार्यकर्ता एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेका गुप्ताले कृष्णनगर लगायत कपिलवस्तुका पश्चिमी भेगको विकासका लागि एमाले प्रवेश गरेको बताए । न्युजकारखाना

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ६ : २८ बजे

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी