अफगानिस्तानका बालबालिकालाई युनिसेफको सहयोग « Khabarhub

अफगानिस्तानका बालबालिकालाई युनिसेफको सहयोग


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संयुक्त राष्ट्रसंघ अन्तर्गतको बालबालिकासम्वन्धी निकायले अफगानिस्तानका हजारौँ बालबालिकालाई विभिन्न सहयोग उपलब्ध गराइएको जनाएको छ ।

राष्ट्रिसंघीय निकाय युनिसेफले सन् २०२१ को ११ महिनामा उनीहरुको आवश्यकता अनुसारका विभिन्न सहयोगहरू उपलब्ध गराइएको जनाएको हो ।

जाडो मौसम आउनुअघि नै जाडोको समयमा आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराइएको युनिसेफका अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

यही सन् २०२१ को जनवरी देखि नोभेम्बरसम्ममा दुई लाख ९५ हजारभन्दा बढी बालबालिकालाई कुपोषणबाट बच्न सहयोग गर्ने सामग्रीहरु वितरण गरिएको युनिसेफले जनाएको छ ।

युनिसेफका अधिकारीहरुका अनुसार छ लाख ५३ हजारभन्दा बढीलाई खोप प्रदान गरिएको छ भने सात लाख ५८ हजार बालबालिकालाई अध्ययन अध्यापन सम्वन्धी सामग्रीहरू उपलब्ध गराइएको छ ।

त्यसैगरी २८ हजारभन्दा बढीलाई अत्यावश्यक मानवीय सहायताका लागि नगर रकम नै उपलब्ध गराइएको युनिसेफद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

द्वन्द्वबाट धेरै प्रभावित यस मुलुकमा युनिसेफले विभिन्न सहयोगका कार्यक्रमहरु लामो समयदेखि सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ७ : १४ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो