शिक्षक सेवा आयोगले माग्यो २६ सय निमावि शिक्षक (विज्ञापनसहित) « Khabarhub

शिक्षक सेवा आयोगले माग्यो २६ सय निमावि शिक्षक (विज्ञापनसहित)


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि झन्डै २६ सय शिक्षक माग गरेको छ ।

आयोगले वेबसाइटमा सूचना प्रकाशित गरेर निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना शिक्षकको विज्ञापन खुलाएको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा गरेर स्थायी पदपूर्तिका लागि आवेदन दिन आयोगले आग्रह गरेको छ । सबैभन्दा धेरै नेपाली र अंग्रेजी विषयका शिक्षक माग गरिएको छ । नेपाली विषयमा ४३७ जना र अंग्रेजी विषयका लागि ६२४ जनाको माग भएको छ ।

गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको हो ।

आउँदो चैत १७ गते लिखित परीक्षा हुने शिक्षक सेवा आयोगले निकालेको सूचनामा उलेख छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : ४२ बजे

कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय

होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्रबासमा बस्न इच्छुक

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानका अव्यवस्थित बसोबासबाट स्थानान्तरण गरी

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने

रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुसहित फसेका

लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा

काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ