शिक्षक सेवा आयोगले माग्यो २६ सय निमावि शिक्षक (विज्ञापनसहित) | Khabarhub Khabarhub

शिक्षक सेवा आयोगले माग्यो २६ सय निमावि शिक्षक (विज्ञापनसहित)


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि झन्डै २६ सय शिक्षक माग गरेको छ ।

आयोगले वेबसाइटमा सूचना प्रकाशित गरेर निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना शिक्षकको विज्ञापन खुलाएको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा गरेर स्थायी पदपूर्तिका लागि आवेदन दिन आयोगले आग्रह गरेको छ । सबैभन्दा धेरै नेपाली र अंग्रेजी विषयका शिक्षक माग गरिएको छ । नेपाली विषयमा ४३७ जना र अंग्रेजी विषयका लागि ६२४ जनाको माग भएको छ ।

गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको हो ।

आउँदो चैत १७ गते लिखित परीक्षा हुने शिक्षक सेवा आयोगले निकालेको सूचनामा उलेख छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : ४२ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट प्रमुखविरुद्ध मुद्दा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ