शीतलहरले तराईको जनजीवन कष्टकर बन्दै « Khabarhub

शीतलहरले तराईको जनजीवन कष्टकर बन्दै

पहाडी र हिमाली भूभागमा हिमपात


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भूभागमा शीतलहर बढ्न थालेको छ ।

बिहान-बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन । त्यसले पनि सुक्खा चिसोलाई बढाएको छ।

शीतलहरबाट स्थानीय जनजीवनमा परेको असर कम गर्न सरकारले शीतलहरविरुद्धको प्रतिकार्य योजना कार्यान्वयनका लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकार्य योजना प्रदेश, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई कार्यान्वयनका लागि सिफारिस गरेको हो ।

काठमाडौँमा चिसो स्थिर

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

केहि दिन यता न्यूनतम तापक्रम र अधिकतम तापक्रम स्थिर अवस्थामा रहेकाले जाडो बढे पनि कठ्याङ्ग्रिने चिसो भने नभएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली हुनेछ ।

उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : ५२ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल