शीतलहरले तराईको जनजीवन कष्टकर बन्दै « Khabarhub

शीतलहरले तराईको जनजीवन कष्टकर बन्दै

पहाडी र हिमाली भूभागमा हिमपात


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भूभागमा शीतलहर बढ्न थालेको छ ।

बिहान-बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन । त्यसले पनि सुक्खा चिसोलाई बढाएको छ।

शीतलहरबाट स्थानीय जनजीवनमा परेको असर कम गर्न सरकारले शीतलहरविरुद्धको प्रतिकार्य योजना कार्यान्वयनका लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकार्य योजना प्रदेश, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई कार्यान्वयनका लागि सिफारिस गरेको हो ।

काठमाडौँमा चिसो स्थिर

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

केहि दिन यता न्यूनतम तापक्रम र अधिकतम तापक्रम स्थिर अवस्थामा रहेकाले जाडो बढे पनि कठ्याङ्ग्रिने चिसो भने नभएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली हुनेछ ।

उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : ५२ बजे

कविन्द्रले भने- संसद् प्रभावकारी बनाउन दलहरूसँग छलफल सुरु गरिसकेका छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले संसद्लाई प्रभावकारी

बजाजको क्यूआर क्याम्पेन 

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड

पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार

एजेन्सी– पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा

उपसभामुखबारे अहिले निर्णयमा पुगेका छैनौँ : महामन्त्री बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले उपसभामुखको विषयमा

माइडिया नयाँ वर्ष अफर : हरेक खरिदमा उपहार, क्यासव्याक र ‘बम्पर लक्की ड्र’मा मल्टीडोर रेफ्रीजेरेटर

काठमाडौं– माइडियाले ‘नयाँ वर्ष, नयाँ अनुभूति’ अभियान सार्वजनिक गरेको छ ।