केन्द्रिकृत एसएमएस गेटवे सुरु (भिडियो) « Khabarhub

केन्द्रिकृत एसएमएस गेटवे सुरु (भिडियो)


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले केन्द्रिकृत एसएमएस गेटवे कार्यक्रमको शुभारम्भ गरेको छ ।

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे कार्यक्रमको शुभारम्भ गरे । सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले सूचना र प्रविधिसँग लक्षित वर्गलाई जोडेर राज्यले प्रदान गर्ने सेवा उपलब्ध गराउनु अहिलेको आवश्यकता भएको बताए ।

उनले लक्षित वर्गले त्यसबाट लाभ लिएको छ कि छैन भन्नेतर्फ गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्नेसमेत उल्लेख गरे । उनले उक्त कार्यक्रमको दुई–तीन महिनामा विश्लेषण गरी त्यो क्षेत्र कति प्रभावित भयो र समाज कति लाभान्वित भयो भन्ने समीक्षा गरेर अघि बढ्न निर्देशन दिए ।

‘एसएमएस गेटवे’ को शुभारम्भसँगै सञ्चालकका तर्फबाट सूचना प्रविधि विभाग, एसएमएस सेवा प्रदायकका तर्फबाट नेपाल टेलिकम र एनसेल साथै सो सेवा प्रयोगकर्ताका तर्फबाट महान्यायाधिवक्ताको कार्यालय, यातायात व्यवस्था विभाग, श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशबीच (त्रिपक्षीय) सम्झौता भएको छ ।

हाल प्रति एसएमएसवापत सरकारी निकायले रु एक रुपैयाँ ५० पैसा शुल्क तिर्दैै आएकामा यो प्रणाली लागू भएपछि प्रति एसएमएस २० पैसा मात्र शुल्क लाग्ने विभागको भनाइ छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : २५ बजे

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय