सवारी ज्यान मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

सवारी ज्यान मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले सवारी ज्यान मुद्दामा फरार एक जनालाई ६ वर्षपछि पक्राउ गरेको छ ।

१ वर्ष १० महिना कैद सजाय भई फरार रहेका बेँसीशहर नगरपालिका १ उदिपुरका रुकेश विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

रुकेशलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटीएको बिशेष टोलीले बेँसीशहर नगरपालिका ८ बाट बुधबार पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । रुकेशले चलाएको बसले ०७३ साल असार महिनाको १९ गते चितवन जिल्लाको कुरिनटारमा पैदल यात्रिलाई ठक्कर दिँदा मृत्यु भएको थियो ।

रुकेश उपर ०७५ साल माघ ८ गते उक्त कैद सजाय हुने गरी चितवन जिल्ला अदालतबाट मुद्दा फैसला भएकोमा उनी फरार रहेका थिए । पक्राउमा परेका रुकेशलाई बुधबार जिल्ला अदालत लमजुङमा पेश गरी कैद भुक्तान गर्नको लागि कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १० : १० बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार