भक्तपुर–नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने प्रतिबद्धता « Khabarhub

भक्तपुर–नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने प्रतिबद्धता


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विगत आठ वर्षदेखि अलपत्र परेको भक्तपुर–नगरकोट सडक निर्माण आगामी चैत १५ गतेभित्र सम्पन्न गर्ने कमलविनायक–नगरकोट सडक निर्माण आयोजना तथा निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले प्रतिबद्धता जनाएको छ ।

सडक छिटो निर्माण सम्पन्नका लागि दबाब दिन चाँगुनारायण नगरपालिकाले बुधबार रातिसम्म आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा आयोजनाका तर्फबाट सहभागी आयोजना प्रमुख गौतम श्रेष्ठले सातौँ पटक थपिएको म्यादभित्रै कुनै पनि हालतमा सडक निर्माण सम्पन्न गरेर फर्कने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिका रुपमा आउनुभएका माधव खड्काले यो सडकमा निर्माण कम्पनीका तर्फबाट गम्भीर व्यवस्थापकीय कमजोरी भएको स्वीकार्दै अब म्याद थप नहुने गरी निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । कम्पनीकै तर्फबाट आउनुभएका अर्का प्रतिनिधि अनुप अधिकारीले यो सडक निर्माणमा ढिलाइ भएको जिम्मेवारी लिँदै आगामी चैत १५ गतेभित्र सबै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा नगरपालिकाले सबै दलका पार्टी अध्यक्ष वा प्रतिनिधिलाई कार्यक्रममा बोलाए पनि नेकपा (एमाले) र नेमकिपाबाहेक अरु दलका कोही प्रतिनिधि आएनन् । एमालेका जिल्ला अध्यक्ष बचन देउजा, नेमकिपाका प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, नेमकिपाका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजूको उपस्थिति रहेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । कार्यक्रममा एमाले चाँगुनारायण नगर कमिटीका उपाध्यक्ष जयराम बास्तोला, स्थानीय बासिन्दा सुरज बास्तोलालगायतले निर्माण कम्पनीप्रति आक्रोश व्यक्त गर्दै ठेक्का रद्द गरेर जान आग्रह गरे।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १० : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै