प्रधानमन्त्रीका अगाडि नायव महान्यायाधिवक्ताले भने : सरकारको त्रुटिपूर्ण निर्णयको प्रतिरक्षा गर्दा अपजस पाइयो « Khabarhub

प्रधानमन्त्रीका अगाडि नायव महान्यायाधिवक्ताले भने : सरकारको त्रुटिपूर्ण निर्णयको प्रतिरक्षा गर्दा अपजस पाइयो


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नायव महान्यायाधिवक्ता कृष्णजिवी घिमिरेले सरकारका त्रुटिपूर्ण निर्णयको प्रतिक्षा गर्दा सरकारी वकिलले अपजस बेहोर्नुपरेको बताएका छन् ।

महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका त्रुटिपूर्ण निर्णय र अनुसन्धानमा हुने ढिलाइका कारण पनि सरकारी वकिलले अपजस बेहोर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी सो कार्यक्रममा उनले त्रुटिपूर्ण सरकारी निर्णय र कदमको प्रतिरक्षा गर्नुपर्ने र यसले सरकारी वकिलले अपजस बेहोरेको गुनासो गरेका हुन् । महान्यायाधिवक्ता कार्यालयले सरकारी फौजदारी मुद्दाको अभियोजन, प्रतिरक्षा गर्ने काम गर्छ ।

८ पुस २००८ कालीप्रसाद उपाध्याय पहिलो महान्यायाधिवक्ता नियुक्त भएको दिनलाई स्थापना दिवस मनाउने गरिएको छ । देशभर ९७ वटा सरकारी वकिल कार्यालय छन् ।

५ सयभन्दा बढी सरकारी वकिल छन् । महान्यायाधिवक्ता र सरकारी वकिलको कार्यालयमा कर्मचारी र सहायकसहित एक ५८७ जनशक्ति कार्यरत छन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ४ : ३७ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त