प्रधानमन्त्री कपका लागि गण्डकीले सुरु गर्‍यो छनोट खेल « Khabarhub

प्रधानमन्त्री कपका लागि गण्डकीले सुरु गर्‍यो छनोट खेल


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशले छनोट खेल सुरु गरेको छ ।

काठमाडौँमा हुने प्रतियोगितामा प्रदेशबाट सहभागी हुने खेलाडी छान्न जिल्लाबाट टोली झिकाएर पोखरामा प्रतिस्पर्धा गराइएको हो । उद्घाटन खेलमा कास्कीले तनहुँमाथि ४ विकेटको जित निकालेको छ ।

खेलमा पहिला व्याटिङ गरेको तनहुँले निर्धारित ४० ओभर खेल्दै १ सय ८० रनको योगफल तयार पार्‍यो । तनहुँका अभिषेक बस्नेतले सर्वाधिक ७० रन बनाए । जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको कास्कीले ३० ओभर ४ बलमा ६ विकेट मात्रै गुमाएर लक्ष्य पूरा गर्‍यो।

कास्कीका अनिल गुरुङले ७० तथा विद्यान श्रेष्ठले ६६ रन जोडे । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले खेलाडी निश्चित लक्ष्यका साथ खेल क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । प्रतियोगितामा कास्की, तनहुँ, स्याङजा र नवलपुर गरि ४ टिमको सहभागिता छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १० : २५ बजे

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको