बम विस्फोटमा ज्यान गुमाउने ४ जनाकै पहिचान खुल्यो (नामावलीसहित) « Khabarhub

बम विस्फोटमा ज्यान गुमाउने ४ जनाकै पहिचान खुल्यो (नामावलीसहित)


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार अपराह्न राजधानी काठमाडौंमा भएका छुट्टा–छुट्टै बम विस्फोटनका घटनामा ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ ।

काठमाडौंको घट्टेकुलो भएको विस्फोटमा परी ज्यान गुमाउनेको यसअघि नै पहिचान खुलेको थियो । प्रहरीका अनुसार घट्टेकुलोमा भएको बम विस्फोटमा परी ज्यान गुमाउनेमा बझाङ घर भएका प्रज्वल शाही हुन् ।

यस्तै काठमाडौंको सुकेधारा (ढलाने पुलनजिक) सैलुन पसलमा भएको बम विस्फोटमा परी ज्यान गुमाउने ३ जनाको पनि पहिचान खुलेको छ ।

प्रहरीका अनुसार सुकेधारमा भएको विस्फोटमा ज्यान गुमाउनेमा कालिकोट घर भएका ४५ वर्षीय निरन्तर मल्ल तथा ४० वर्षीय विभुराम भिनने दिपेन विक र दाङ घर भएका गोकुल रानामगर छन् ।

महोत्तरीको रामनगर–३ घर भएका जीव कुमार ठाकुरले सञ्चालन गरेको सैलुन पसलमा भएको विस्फोटमा उक्त पसलमा काम गर्ने छोटु ठाकुरको अहिले उपचार भइरहेको छ ।

सुकेधारमा भएको विस्फोटमा ७ जना घाइते भएका थिए । जसमध्ये १ जनाको घटनास्थलमै र अन्य २ जनाको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उक्त विस्फोटमा घाइते भएकामध्ये अहिले ३ जनाको ओम अस्पताल र १ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका रुकुम सानोभेरी गाउँपालिकाका रवीन केसीको पनि वीर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै आइतबार साँझै काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ स्थित आदित्य इटा–भट्टानजिक भएको विस्फोटमा २ जना भाइते भएका थिए । उक्त विस्फोटमा घाइते भएकामध्ये ललितपुर घर भएका ३० वर्षी बुद्ध लामाको वीर अस्पताल र काठमाडौंको चन्द्रागिरी–३ घर भएका २९ वर्षीय बिक्रम लामाको शहीद मेमोरिय अस्पताल कलंकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ५ : ४१ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको