‘क्लिन एयर एलायन्स’गठन, आवद्ध हुन संघसंस्था र व्यक्तिलाई आह्वान « Khabarhub

‘क्लिन एयर एलायन्स’गठन, आवद्ध हुन संघसंस्था र व्यक्तिलाई आह्वान


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -वायु प्रदूषण नियन्त्रणसम्बन्धी नीतिनियमलाई प्रभावकारी कार्यान्वयनका लागि पैरवी गर्न ‘क्लिन एयर एलायन्स’गठन भएको छ ।

संविधानमा ‘स्वच्छ वातावरणमा बाच्न पाउने हक’लाई मौलिक हकमा समावेश गरे पनि नेपालमा वायु प्रदूषणसँगै वातावरणीय मुद्दा पेचिलो बन्दै गएका बेला नागरिक समाज, संघसंस्था, विश्वविद्यालय, नेपाल वातारण समाजका प्रतिनिधिको उपस्थितिमा काठमाडौंमा भएको एक भेलाले एलायन्स गठन गरेको हो ।

नेपाल पानी सदूपयोग फाउन्डेसनका डा. चिरन्जीवी भट्टराईको संयोजकमा रहेको एलान्यसमा त्रिभुवन विश्वविद्यालय, वातावरण केन्द्रीय विभागका डा. रमेश सापकोटा, राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान)का भोला भट्टराई, वातावरणीय सुशासन कार्य समूहका किरण तिमिल्सिना, नेपाल वातावरण समाजका सन्तोष खनाल, इको कनेक्सन नेपालका कामना भट्टराई र दिगो विकास इन्स्टिच्युटका आरति पौडेल सदस्य छन् ।

प्रेस संयोजकमा यम बम चयन भएका छन् भने युथ एलाएन्स फर इन्भायरोमेन्टका अन्जु पोख्रेलसदस्य सचिव बनेकी छन् । प्राम्भिक चरणमै रहेको एलाएन्सको सचिवालय युथ एलायन्स फर इन्भायरोमेन्टले गर्ने छ भने अलाएन्सको कार्यविधि बनाउन प्रतिनिधि चयन गरिएको हो ।

एलायन्सले प्रेस नोट जारी गर्दै ‘क्लिन एयर एलाएन्स’मा आवद्ध हुन संघसंस्था र व्यक्तिलाई आह्वान पनि गरेको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ९ : ४३ बजे

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ