स्वास्थ्य क्षेत्र चामत्कारिक उपलब्धिको अवस्थामा : गृहमन्त्री खाँण « Khabarhub

स्वास्थ्य क्षेत्र चामत्कारिक उपलब्धिको अवस्थामा : गृहमन्त्री खाँण


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चामत्कारिक उपलब्धि हासिल भएको बताएका छन् ।

बिरामीलाई पुर्नजीवन दिनेक्रममा आश्चर्यजनक उपलब्धि हासिल भए पनि गरिबीको सङ्ख्या भने बढ्दै गएको खाँणले बताए ।

बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र गौतमबुद्ध मुटु अस्पतालको नवौँ स्थापना दिवसको आज उद्घाटन कार्यक्रममा उनले नागरिकले जीवन लम्ब्याउन उपचार गर्दा भएको सम्पत्ति सबै बिक्री गरेर भए पनि निजी अस्पतालमा उपचार गर्न बाध्य हुनुपरेको बताए ।

उनले स्वास्थ्य क्षेत्रको विकासमा यो आशालाग्दो र त्यही आशाभित्र कहाली लाग्दो अवस्था रहेको जनाउँदै यसका लागि निजी क्षेत्रको प्रवर्द्धनमा सरकार सहयोगी बन्न जरुरी रहेको उल्लेख गरे ।

उहाँले नेपालको राज्य प्रणाली पनि हरेक क्षेत्रको निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने पक्षमा रहेको स्पष्ट पारे । उनले विसं २०४६ को बहुदलीय व्यवस्था स्थापनासँगै जुनसुकै पार्टीको सरकार भए पनि मुलुकमा उदारवादी अर्थनीति अवलम्बन भएको र यो उदारवादी अर्थनीतिको विकल्प दिन नसकिएको बताए ।

गृहमन्त्री खाँणले जनताले चाहेको जस्तो मुलुकको आधुनिकीकरणका लागि बहुआयामिक दायित्व पूरा गर्न सरकारले मात्र नसक्ने भएकाले जनतासँग रहेको साधन, स्रोत, सम्पत्ति, ज्ञान समाज र मुलुकको विकासका लागि प्रयोग गर्न जरुरी रहेको सुनाए ।

गृहमन्त्री खाँणले गौतमबुद्ध सामूदायिक अस्पतालका लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुःखद् रहेको उल्लेख गर्दै आफूले सरकारकातर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  २ : ३१ बजे

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव