प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ फाइनलमा, सुदूरपश्चिम बाहिरियो | Khabarhub Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ फाइनलमा, सुदूरपश्चिम बाहिरियो


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले फाइनलका लागि स्थान सुरक्षित पारेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेट अन्तरले पराजित गर्दै प्रदेश १ ले फाइनलमा स्थान सुरक्षित बनाएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्रै बनाएको थियो ।

सुदूरपश्चिमका लागि सुरुवाति ब्याट्सम्यानले टिकेर खेल्न सकेका थिएनन् । ७ रन जोड्दा महत्वपुर्ण ३ विकेट गुमाएको अवस्थामा सुदूरपश्चिमका लागि मध्यक्रमकी ब्याट्सम्यान सम्झना खड्का र रितु कनौजियाले पारीलाई उकास्ने प्रयास गरेका थिए ।

सुदूरपश्चिमका लागि सम्झना खड्काले २७ तथा कप्तान रितु कनौजियाले २५ रन बनाएका थिए । सुदूरपश्चिमका अन्य खेलाडीले खुलेर खेल्न नसक्दा  सस्तैमा समेटिन पुगेको हो ।

सुदूरपश्चिमलाई न्यून स्कोरमा रोक्ने क्रममा प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योति दनुवारले समान एक एक विकेट लिए ।

सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले एक विकेट मात्रै गुमाएर भेटेको हो । प्रदेश १ ले १६ ओभरमा ५ बल खेल्दै लक्ष्य भेटाएको हो ।

प्रदेश १ का लागि सुरुवाति ब्याट्सम्यानले राम्रो गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याएका थिए । पहिलो विकेटका लागि सुरुवाति ब्याट्सम्यान कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गरेका थिए । कप्तान रुविना क्षेत्रीले अविजित पारी खेल्दै ३१ रन जोडिन् । तेश्रो नम्बरमा मैदान आएकी प्रदेश १ की खेलाडी अप्सरी बेगमले ९ रन बनाइन् ।

सुदुरपश्चिमका लागि कविता जोशीले एक विकेट लिएकी थिइन् । खेलमा प्रदेश १ की कप्तान रुविना क्षेत्री प्लेयर अफ द म्याच बनिन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ३ : २० बजे

आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

कीर्तिपुर – सिल्बर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा

प्रहरीद्वारा हुन्डीको रकमसहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले रु ४० लाख ३२ हजार ५०० हुन्डीको

अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

भक्तपुर – सूर्यविनायक नगरपालिका–९ काँक्राबारी रातोमाटेको कहाली लाग्दो अग्लो घिसिङ

अभिनेत्री कोइरालाले भनिन् : नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्

काठमाडौं – अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्र स्तरीय बन्न थालेको

जनतालाई निराश बनाउनु अपराध हो : प्रधानमन्त्री

ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यक रूपमा निराश