संकटा र बीबीसी तथा थ्रीस्टार र आर्मी भिड्दै « Khabarhub

संकटा र बीबीसी तथा थ्रीस्टार र आर्मी भिड्दै


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ चरणको तेस्रो दिन दुई खेल आयोजना हुँदैछन् ।

आइतबार दशरथ रंगशालामा हुने दुईमध्ये एक खेल १ बजे र अर्को साझ पौने ५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिड्नेछन् । जारी लिगमा संकटा ५ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा छ। बीबीसी ५ खेलमा ५ अंक जोडेर १० औं स्थानमा छ ।

छैटौँ चरणमा बीबीसीलाई पराजित गर्न सके संकटा शीर्ष तीनमा उक्लने छ । यता, बीबीसी पनि युवा खेलाडीको साथमा संकटालाई रोक्ने योजनामा हुनेछ ।

दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एएफसी छनोटबाट बाहिर रहेको आर्मी थ्रीस्टारलाई हराउँदै लिग उपाधि दाबेदारी यथावत राख्न चाहन्छ । यता, खराब लयमा रहेको थ्रीस्टार सुधारिएको खेल प्रदर्शन गर्ने योजनामा छ ।

आर्मी ५ खेलमा ९ अंक जोडेर तेस्रो स्थानमा छ । थ्री स्टार ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब शीर्षस्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ९ : ०७ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी