माओवादी महाधिवेशन : प्रचण्डको राजनीतिक प्रतिवेदनलगत्तै विधान मस्यौदा प्रस्तुत गरिने « Khabarhub

माओवादी महाधिवेशन : प्रचण्डको राजनीतिक प्रतिवेदनलगत्तै विधान मस्यौदा प्रस्तुत गरिने


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ ।

जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम छ । स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।

प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि समूहमा विभाजन गरी छलफल हुने माओवादीले जनाएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् ।

आइतबार शुरू शुरू भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १ : ५९ बजे

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा

फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो

तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा

सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार

अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो

तेहरान– अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको