प्रदेश लोकसेवा आयोग गठनको १० महिना : कर्मचारी माग्ने सुरसार नै छैन « Khabarhub

प्रदेश लोकसेवा आयोग गठनको १० महिना : कर्मचारी माग्ने सुरसार नै छैन


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिममा प्रदेश लोकसेवा आयोग गठन भएको १० महिनासम्म पनि आयोगले काम सुरू गरेको छैन । प्रदेशअन्तर्गतका सरकारी कार्यालयले आवश्यक कर्मचारी मागसम्बन्धी माग नगरेका कारण आयोग गठन कामविहीन बनेको हो ।

लोकसेवा आयोगका सचिव दुर्गादत्त बिष्टका अनुसार प्रदेश सरकारले अहिलेसम्म कर्मचारी आवश्यकता बारे तथ्यांक दिएको छैन । यद्यपी, आयोले सबै तयारी गरेर बसेको उनले बताए । अहिलेसम्म प्रदेश सरकारले कर्मचारी भर्नाको माग नगरेका कारण तयारी पुगेर पनि कर्मचारी भर्नाको प्रक्रिया सुरू हुन सकेको उनी बताउँछन् ।

आयोगले रिक्त कर्मचारीको विवरण गत साउनदेखि नै पटक पटक माग गर्दै आएको छ । सचिव विष्टले आयोगको नियमावली, निर्देशिका, पदाधिकारी, कर्मचारी र विषय विज्ञको आचारसंहिता, परीक्षा दस्तुर एवं खर्च मापदण्ड र २३ विषयका पाठ्यक्रमसमेत तयार पारिसकेको बताए । भर्ना खुल्नेबित्तिकै अनलाइनमार्फत फर्म भर्न सबै प्राविधिक तयारीसमेत भैसकेको उनी बताउँछन् ।

आयोगले प्राविधिक सहायक चौँथो र पाँचौँ तहका २३ पाठ्यक्रमसमेत तयार पारिसकेको छ । सचिव विष्टका अनुसार पाठ्यक्रम सुदूरपश्चिमको भूगोल सुहाउँदो निर्माण गरिएको छ। सबै प्रदेश र केन्द्रको पाठ्यक्रमका विशेषता समेटेर उत्कृष्ठ पाठ्यक्रम बनाएको सचिव विष्टले बताए ।

सुदूरपश्चिम सरकारमा करिब एक हजार कर्मचारी रिक्त रहेको अनुमान छ । आयोगले गत भदौमा नै कर्मचारी भर्नाको आव्हान गर्ने तयारी गरेको थियो ।

सुदूरपश्चिम लोकसेवा आयोग ऐनमा प्रदेश सरकारले माग गरेको पदमा लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया सुरू गर्नुपर्ने व्यवस्था छ । आयोगले पाठ्यक्रम निर्माण, प्रश्नपत्र निर्माणका लागि रोष्टर निर्माणका लागि विषय विज्ञ र विशेषज्ञहरूको सूची तयार गरिसकेको छ।

सुदुरपश्चिम सरकारले चैत ०७७ मा लोकसेवा आयोगको गठन गरेको थियो । आयोगलाई प्रदेश निजामती कर्मचारी, प्रदेश प्रहरी, प्रदेशका अन्य सरकारी सेवा, प्रदेश संगठित सेवा, प्रदेशका स्थानीय तहका कर्मचारी र प्रदेशका स्थानीय तहका संगठित संस्थाका कर्मचारी भर्ना गर्ने जिम्मेवारी दिएको छ । न्यूजकारखाना

 

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ४ : २१ बजे

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक- उपाध्यक्ष र सभापतिको निर्वाचन प्रक्रिया अघि बढाइने

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया

पूर्णबहादुरको वक्तव्य अनधिकृत, फेरि दोहोर्‍याए कांग्रेसले कारबाही गर्ने

काठमाडौं- नेपाली कांग्रेस अनुशासन समितिको बैठकले चौधौँ महाधिवेशनका उपसभापति पूर्णबहादुर

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं– गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो

सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने

काठमाडौं– प्रतिनिधिसभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने

एमालेमा सुहाङको अडान : दलको नेतामा चुनाव गरौँ, फेस गर्न तयार छु

काठमाडौं- नेकपा एमाले संसदीय दलको नेता चुन्ने विषयले युवा र