तानसेन–तम्घास सडक दश दिनसम्म दैनिक छ घण्टा बन्द « Khabarhub

तानसेन–तम्घास सडक दश दिनसम्म दैनिक छ घण्टा बन्द


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – जिल्लाको तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ । सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ ।

हरेक दिन बिहान ९ : ३० देखि दिउँसो ३ : ३० बजेसम्म सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको हो । पुस १२ गतेदेखि २२ गतेसम्मका लागि दैनिक छ घण्टाका दरले १० दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताएका छन् ।

पहाड कटान गरी माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गरी काम गर्न थालिएको प्रमुख लम्सालले जानकारी दिए । पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटना र सडक अवरुद्ध हुँदै आएको थियो ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ७ : ५९ बजे

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि