माओवादी महाधिवेशन : दुई प्रतिवेदनमाथि २५ समूहमा छलफल आज | Khabarhub Khabarhub

माओवादी महाधिवेशन : दुई प्रतिवेदनमाथि २५ समूहमा छलफल आज


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन तथा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको बिद्यान मस्यौदामाथि आजबाट समूहगत छलफल सुरु हुने भएको छ ।

सोमबारबाट सुरु भएको बन्द सत्रमा अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन तथा गुरुङले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्य केन्द्रीय कमिटी बनाउन विधान प्रस्तुत गरेका थिए । सो विषयमा आजबाट २५ वटा समूह बनाई समूहगत छलफल हुन गइरहेको छ ।

महाधिवेशन स्थल नेपाल प्रज्ञा प्रतिष्ठान, केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न पार्टी प्यालेसमा प्रस्तुत दुई प्रतिवेदनमाथि छलफल सुरु हुन लागेको हो । माओवादी केन्द्रका अनुसार तल उल्लेखित स्थानमा समुहगत छलफल हुनेछ ।

समूह १
सहभागी : जेष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थान : प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारी : एनके प्रसाई

समूह २ र ३
सहभागी : सल्लाहकारहरु
छलफलको स्थान : प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारी : नन्दकुमार थापा

समूह ४ र ५
सहभागी : प्रदेश १ का प्रतिनिधि
छलफलको स्थान : भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : हर्क नेम्वाङ

समूह ६ र ७
सहभागी : प्रदेश २ का प्रतिनिधि
छलफलको स्थान : पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : गणेश साह

समूह ८ र ९
सहभागी : लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : चक्रपाणी खनाल

समूह १० र ११
सहभागी : गण्डकी प्रदेशका प्रतिनिधि
छलफलको स्थान : पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : गायत्री गुरुङ

समूह १२
सहभागी : प्रवास प्रदेशका प्रतिनिधि
छलफलको स्थान : केन्द्रीय कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : लक्ष्मण पन्त

समूह १३ र १४
सहभागी : कर्णाली प्रदेशका प्रतिनिधि
छलफलको स्थान : एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारी : विमला केसी

समूह १५ र १६
सहभागी : सुदूरपश्चिम प्रदेशका प्रतिनिधि
छलफलको स्थान : एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारी : खगराज भट्ट

समूह १७ र १८
सहभागी : सम्पूर्ण विभागका प्रतिनिधि
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारी : मायाप्रसाद शर्मा

समूह १९
सहभागी : उपत्यका विशेष प्रदेशका प्रतिनिधि
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारी : जगत सिंखडा

समूह २० र २१
सहभागी : सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि
छलफलको स्थान : क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारी : कृष्ण अधिकारी

समूह २२ र २३
सहभागी : बागमति प्रदेशका प्रतिनिधि
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : सरल सहयात्री

समूह २४
सहभागी : आयोगका सदस्य
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : विष्णुपुकार श्रेष्ठ

समूह २५
सहभागी : जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्ष, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि
छलफल गर्ने स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : अमृता थापामगर

केन्द्रीय सदस्य सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने बताइएको‍ छ। सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने छन् ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ९ : ०० बजे

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दैछ ।

चौथो टेस्टमा बुमराह खेल्ने : कम्बोजको डेब्यु सम्भावना

काठमाडौं – भारतले बुधबार सुरु हुने इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा जसप्रित

चाँडै चीन भ्रमणको सम्भावना छ : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा नै चीन

एमालेको निर्णयः पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनु हुँदैन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय