विज्ञप्ति जारी गर्दै विष्फोटको जिम्मा विप्लव नेकपाले लियो « Khabarhub

विज्ञप्ति जारी गर्दै विष्फोटको जिम्मा विप्लव नेकपाले लियो


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार काठमाडौंमा भएका बम विष्फोटको जिम्मा लिएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै घटनामा आफ्ना ४ जना नेता कार्यकर्ताको निधन भएको जनाएको छ । विज्ञप्तिमा विष्फोटमा परेर पार्टी जनमुक्ति सेना र जन वर्गीय संगठनका कमाण्डर महान, पार्टी कार्यकर्ता दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको जनाइएको छ ।

महासचिव विप्लवले यो घटना हुनुमा मुख्य वर्तमान सरकारको कार्यशैली रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा सोमबार आह्वान गरिएको नेपाल बन्द पूर्ण रुपमा सफल भएको दाबी गरिएको छ ।

विप्लव नेकपाले गत जेठ ७ गते भोजपुर र खोटाङको सीमानामा पार्टी सदस्य तिर्थराज घिमिरेको हत्याको विरोधमा सोमबार नेपाल बन्दको आह्वान गरेको हो ।

विज्ञप्ति यस्तो छ 

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ८ : २३ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट