भारतीय महावाणिज्य दूतावासको आयोजनामा अपांगता भएकाहरुको समस्याबारे छलफल « Khabarhub

भारतीय महावाणिज्य दूतावासको आयोजनामा अपांगता भएकाहरुको समस्याबारे छलफल


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जस्थित भारतीय दूतावासले मंगलबार अपांगाता भएकाहरुको अधिकार र सहयोगबारे प्यानल छलफल कार्यक्रम आयोजना गरेको छ । ‘आजादीका अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत’ अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गताका समस्याहरू बुझ्ने प्रवर्द्धन र सहयोग परिचालनको आवश्यकतालाई बुझाउन सो छलफल कार्यक्रम आयोजना गरिएको हो।

अपांगताः कानूनी प्रावधान र सामाजिक मानदण्ड शीर्षकमा प्यानल छलफल गरियोको थियो । प्यानलका सदस्यहरूले आआफ्ना संस्थाहरू – मानव सेवा आश्रम, लिटिल फ्लावर कुष्ठरोग संघ, रोटरी क्लब र डङ्कन अस्पताल जस्ता संस्थाहरूले भारत–नेपाल सीमा क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको उपचार, पुनर्स्थापना र कल्याणमा काम गरिरहेको भूमिकामा प्रकाश पारे। उनीहरुले अपाङ्गता भएका व्यक्तिलाई समान अधिकार र अवसर सुनिश्चित गर्नका लागि सरकारले बनाएका विभिन्न ऐन–नियमका बारेमा पनि जानकारी दिए ।

कन्सुल जनरल नितेश कुमारले यस विषयमा आफ्नो भिन्न र जानकारीमूलक विचारका लागि सहभागीहरूलाई धन्यवाद ज्ञापन दिए। उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि भारत सरकारका यूनिक डिजएबिलिटी आइडेन्टिटी जारी गर्नेलगायत विभिन्न कार्यक्रम तथा योजनाहरूबारे प्रकाश पारे । उनले विश्वका विभिन्न स्थानमा रहेका असंख्य अपाङ्गता भएका व्यक्तिले कडा परिश्रम र इच्छाशक्तिद्वारा मानसिक तथा शारीरिक अपाङ्गतालाई सफलतापूर्वक पार गरेको बताए ।

प्यानलमा रोटरी क्लब अफ बीरगंजका सदस्य अभिषेक चौधरी, डा आनन्द झा, बालरोग विशेषज्ञ एवंम् रोटरी क्लब अफ बीरगंजका सदस्य, डा शास्वत प्रसाद अर्थोपेडिक सर्जन एवंम् वीरगंजको रोटरी लिम्ब प्रोजेक्टका प्रमुख, श्रीकृष्ण, रक्सौल सुन्दरपुरको लिटिल फ्लावर कुष्ठरोग कल्याणकारी संघका सचिव, जोन थो, रक्सौलमा डंकन अस्पतालको सामुदायिक पुनर्स्थापना परियोजनाका इन्चार्ज, वीरगन्जको मानव सेवा आश्रमका संयोजक सानु गुरुङ र भारतका कन्सुल जनरल नितेश कुमारले छलफल गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : ३० बजे

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा

अर्घाखाँची सिमेन्टद्वारा बाढी पीडितका लागि ६ लाख ७५ हजार सहयोग

भैरहवा– अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित

सुरुङभित्र थपिएकाको उद्धार गर्न वैकल्पिक प्रयास भइरहेको गृहमन्त्रीको दाबी

काठमाडाैँ – गृहमन्त्री सुधन गुरुङले बाढीपछि जारी खोज, उद्धार, शव

कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ ।

बगैँचामा लटरम्म स्याउ, किसानलाई बजारको चिन्ता

बझाङ–रोल परी सोह्र घर छ्या, त्यई परी घर छैनआलु राख्न्या