एसिया कप प्रतियोगितामा नेपाली युवा क्रिकेटरको विर्सन लायक प्रदर्शन | Khabarhub Khabarhub

एसिया कप प्रतियोगितामा नेपाली युवा क्रिकेटरको विर्सन लायक प्रदर्शन


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाली यू–१९ क्रिकेट टोली एसीसी यू–१९ एसिया कपमा जितविहीन बनेको छ ।

यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सान्त्वना जितको खोजीमा रहँदा मंगलबार कुवेतसँग पराजित भएको हो । यूएईमा पहिला ब्याटिंग गरेको नेपाल ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रनमा सिमित भयो ।

कुवेती कप्तान मित भावसरले अविजित १७७ रन बनाएपछि नेपाल लगातार तेस्रो खेलमा पराजित भएको हो । उनले २४ चौका र १ छक्का हिर्काएका थिए ।

यस्तै जुड सालदान्हाले २५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । कुवेतका दुई खेलाडी शून्य रनमा आउट भएका थिए।

नेपालका गुल्शन झाले सर्वाधिक ३ विकेट लिए । यस्तै शेर मल्ल, वासिर अहमद र विवेक यादवले समान २ विकेट लिए ।

यसअघि दुबईमा वासिर अहमद र विकेक मगरको अर्धशतकप्रेरित नेपालले ४२ ओभर ३ बलमा अल आउट हुँदै २३९ रनको योगफल खडा गरेको हो ।

वासिरले ६१ बल खेल्दै सात चौका र एक छक्का मद्दतमा ५६ रन प्रहार गर्दा विकेकले ७१ बलमा ६ चौका मद्दतमा ५० रन जोडे । त्यस्तै मोहम्मद आदिल अलामले ४९ रनको योगदान गरे ।

कुवेतका अब्दुल सादिकले तीन, हेनरी थोमस र मोहम्मद बासताकिले समान दुई विकेट लिए ।

समूह ‘बी’ मा यसअघि नेपाल पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएपछि समूह चरणबाटै बाहिरिसकेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ८ : ३० बजे

आज २०८२ साल असार २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क