सीके राउत नेतृत्वको जनमत पार्टीको बन्दको आंशिक प्रभाव | Khabarhub Khabarhub

सीके राउत नेतृत्वको जनमत पार्टीको बन्दको आंशिक प्रभाव


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम-  सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार प्रदेश २ का ६ जिल्लामा यातायात बन्दको आह्वान गरेको छ । तर बन्दको आंशिक प्रभाव परेको छ ।

रौतहटबाहेक कुनै पनि जिल्लामा बन्दको प्रभाव नरहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशका आठवटै जिल्लाका उद्योग कलकारखाना, शैक्षिक संस्थानहरू पूर्ववत् रूपमा सञ्चालनमा रहेका छन् । रौतहटमा मात्रै २० प्रतिशत बजार बन्द रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यातायात सबै जिल्लामा सुचारु रहे पनि रौतहटमा २०, सर्लाहीमा २० र धनुषामा ५ प्रतिशत मात्रै प्रभावित रहेको प्रहरीको भनाइ छ ।

सिरहाको औरही गाउँपालिकामा किसानहरूका लागि गहुँको बिउ स्थानीय किसानलाई वितरण नगरेको र किसानहरूले जबर्जस्ती आफै लगेपछि प्रहरीले चारजना किसानलाई पक्राउ गरेको थियो । सो घटनालाई लिएर जनमत पार्टीले चार दिनदेखि आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १ : ५० बजे

चीन, मेक्सिको र क्यानडाका सामानमा थप कर लगाउने ट्रम्पको निर्णय

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन देशबाट आयात हुने

गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन छलफल

काठमाडौं– गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन एशिया प्रशान्त क्षेत्रका देशको

२७ लाखको लगानीमा बनेको हाटबजार प्रयोग विहीन

नवलपरासी– पश्चिम नवलपरासीको सरावल गाउँपालिका– ३ स्थित भिमटाणीमा लुम्बिनी प्रदेश

बागलुङमा साढे २६ करोडको सुन्तला बिक्री

बागलुङ– यस वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरु