सीके राउत नेतृत्वको जनमत पार्टीको बन्दको आंशिक प्रभाव « Khabarhub

सीके राउत नेतृत्वको जनमत पार्टीको बन्दको आंशिक प्रभाव


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम-  सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार प्रदेश २ का ६ जिल्लामा यातायात बन्दको आह्वान गरेको छ । तर बन्दको आंशिक प्रभाव परेको छ ।

रौतहटबाहेक कुनै पनि जिल्लामा बन्दको प्रभाव नरहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशका आठवटै जिल्लाका उद्योग कलकारखाना, शैक्षिक संस्थानहरू पूर्ववत् रूपमा सञ्चालनमा रहेका छन् । रौतहटमा मात्रै २० प्रतिशत बजार बन्द रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यातायात सबै जिल्लामा सुचारु रहे पनि रौतहटमा २०, सर्लाहीमा २० र धनुषामा ५ प्रतिशत मात्रै प्रभावित रहेको प्रहरीको भनाइ छ ।

सिरहाको औरही गाउँपालिकामा किसानहरूका लागि गहुँको बिउ स्थानीय किसानलाई वितरण नगरेको र किसानहरूले जबर्जस्ती आफै लगेपछि प्रहरीले चारजना किसानलाई पक्राउ गरेको थियो । सो घटनालाई लिएर जनमत पार्टीले चार दिनदेखि आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १ : ५० बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।