संघीयता कार्यान्वयनमा संघीय सरकारले सहयोग गरेन : मुख्यमन्त्री राउत « Khabarhub

संघीयता कार्यान्वयनमा संघीय सरकारले सहयोग गरेन : मुख्यमन्त्री राउत


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले संघीयता कार्यान्वयनमा संघीय सरकारले असहयोग गर्दै आएको दुखेसो पोखेका छन् ।

राष्ट्रिय योजना आयोगले बुधबार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय प्रणालिलाई संस्थागत विकास गर्न प्रदेश सरकारले हरेक प्रयास गरिरहेको भए पनि संघीय सरकारबाट सहयोग नहुँदा समस्या हुने गरेको बताए । ‘प्रदेश सरकारले शान्ति सुरक्षालाई बलियो बनाउन प्रदेश प्रहरी ऐन ल्याएको लामो समय भइसकेको छ,’ मुख्यमन्त्री राउतले भने, ‘संघीय प्रहरी ऐन पनि आइसकेको छ । तर अहिलेसम्म संघीय सरकारले प्रहरी समायोजनलाई अगाडी बढाउन सकेको छैन ।’

प्रदेश नयाँ संरचना भए पनि संघीय सरकारले प्रदेशमा दक्ष र अनुभवी कर्मचारीलाई नपठाएर प्रदेश सरकारको काममा अवरोध गर्ने कर्मचारी पठाउने गरेको मुख्यमन्त्री राउतले टिप्पणी गरे । ‘अहिलेका सचिवहरू ठिकै छन् । तर सुरुमा प्रदेश सरकारलाई गति दिने कर्मचारी चाहिएको त्यो हामीले पाउन सकेनौं,’ उनले भने।

संघीय सरकारको असहयोगमा बाबजुद प्रदेश सरकारले पछिल्लो चार वर्षमा आफ्नो क्षमताले भ्याए सम्म संघीयताको मूल मान्यतालाई पालन गरेर समानुपातिकता, समावेशिता हिसाबले कामलाई अगाडी बढाएको मुख्यमन्त्री राउतले दाबी गरे । हरेक निकायमा प्रदेश सरकारले समानुपातिक र समावेशी प्रावधानलाई आत्मसाथ गरी काम गरेको दाबी गर्दै मुख्यमन्त्री राउतले आफ्नो सरकारले गरेको काम तत्काल नदेखिए पनि अगामी १०–१५ वर्षमा त्यसको परिणाम देखिने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य उमाशंकर प्रसाद, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा, प्रदेश २ का मुख्य सचिव हरि प्रसाद मैनाली सहितको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ७ : २० बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको