प्रचण्डले दिउँसो १ बजे बन्दसत्रमा जवाफ दिने, अहिले स्थायी कमिटी बैठक जारी « Khabarhub

प्रचण्डले दिउँसो १ बजे बन्दसत्रमा जवाफ दिने, अहिले स्थायी कमिटी बैठक जारी


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदैछन्।

काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको बन्दसत्र अन्तर्गत दिउँसो १ बजे प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।

त्यसअघि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुनेछन्। ती प्रतिवेदन पारित भएसँगै प्रचण्डले जवाफ दिनेछन्। प्रचण्डको जवाफपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

त्यसअघि अहिले स्थायी कमिटी बैठक बसिरहेको छ। अध्यक्ष ‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहहरुबाट आएका सुझावहरूको प्रष्टिकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक बसेको हो ।

निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान संशोधन प्रस्ताव हलबाट अनुमोदन भएपछि संशोधित विधान अनुसार केन्द्रीय समिति चुन्न निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए ।

माओवादी विधानमा बन्द सत्रबाट केन्द्रीय समिति निर्वाचित हुने र केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने प्रावधान छ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १२ : ०१ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु