प्रचण्डले दिउँसो १ बजे बन्दसत्रमा जवाफ दिने, अहिले स्थायी कमिटी बैठक जारी « Khabarhub

प्रचण्डले दिउँसो १ बजे बन्दसत्रमा जवाफ दिने, अहिले स्थायी कमिटी बैठक जारी


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदैछन्।

काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको बन्दसत्र अन्तर्गत दिउँसो १ बजे प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।

त्यसअघि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुनेछन्। ती प्रतिवेदन पारित भएसँगै प्रचण्डले जवाफ दिनेछन्। प्रचण्डको जवाफपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

त्यसअघि अहिले स्थायी कमिटी बैठक बसिरहेको छ। अध्यक्ष ‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहहरुबाट आएका सुझावहरूको प्रष्टिकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक बसेको हो ।

निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान संशोधन प्रस्ताव हलबाट अनुमोदन भएपछि संशोधित विधान अनुसार केन्द्रीय समिति चुन्न निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए ।

माओवादी विधानमा बन्द सत्रबाट केन्द्रीय समिति निर्वाचित हुने र केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने प्रावधान छ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १२ : ०१ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर