चुनाव निष्पक्ष र भयमुक्त वातावरणमा हुन्छ : गृहमन्त्री खाँण « Khabarhub

चुनाव निष्पक्ष र भयमुक्त वातावरणमा हुन्छ : गृहमन्त्री खाँण


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार तयार रहेको बताएका छन्।

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्लाबाट बागमती प्रदेश र केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको सम्मानमा काङ्ग्रेस ललितपुर जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले निर्वाचनमा शान्ति सुरक्षा प्रदान गर्नु सरकारको दायित्व रहेको भन्दै निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न हुने बताए।

उनले कांग्रेस नेतृत्वको लोकतान्त्रिक सरकार भएको भन्दै जनताको शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । उनले निष्पक्ष, स्वतन्त्र, भयमुक्त वातावरणमा जनताले मत दिएर, जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरुको छनोट हुने खालको निर्वाचन समयमै सम्पन्न हुने बताए।

कांग्रेसले जवरजस्ती कब्जाको शैलीमा सरकार बनाउन नचाहने भन्दै उनले जनताको मतका आधारमा सरकार बन्नुपर्ने कांग्रेसको घोषित आधारशिला रहेको धारणा राखे। उनले जित्नसक्नेलाई उम्मेद्वारी दिने र जिताउन सक्नेको साथ लिने उल्लेख गरे।

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : २० बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर