दिपायल-सिलगढी नगरपालिकामा कम्बल वितरण « Khabarhub

दिपायल-सिलगढी नगरपालिकामा कम्बल वितरण


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – जिल्लामा भएको हिमपातका कारण चिसो बढेपछि यहाँको दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाका नागरिकलाई चिसोबाट जोगाउन न्यानो कम्बल वितरण गरिएको छ ।

चिसोको समयमा न्यानो कम्बल पाएपछि यहाँका विपन्न वर्गका नागरिकसहित एकल महिला निकै खुशी भएका छन् ।

कांग्रेसका नेता लक्ष्मण खड्काको सहयोग एवं लायन्स क्लब अफ धनगढीको आयोजनामा दिपायल सिलगढी नगरपालिका–४ का ८०, वडा नं ८ का ७०, वडा नं ६ का ७० जना एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ ।

नगरपालिकाका नौ वडामा रहेका नागरिकलाई चिसोबाट जोगाउनका लागि ६४० थान कम्बल तथा ३०० थान सल ल्याइएको र बाँकी रहेका वडामा केही दिनभित्रै वितरण गरिने योजना रहेको काँग्रेस उपसभापति विजय खड्काले जानकारी दिए ।

प्रतिव्यक्ति एउटा कम्बल र न्यानो सलका दरले वितरण गरिएको छ । जाडोको समयमा वितरण गरिएका न्यानो कम्बलले यहाँका एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई राहत पुगेको स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ६ : ३६ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी