पुलिसविरुद्ध जित्नैपर्ने दबाबमा मच्छिन्द्र | Khabarhub Khabarhub

पुलिसविरुद्ध जित्नैपर्ने दबाबमा मच्छिन्द्र


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिवन लिगको सातौं चरणको निर्णायक खेलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल दशरथ रंगशालामा बेलुकी पौने ५ बजे हुने खेलले एएफसी छनोटमा स्थान बनाउने टोलीको टुंगो लाग्नेछ । मछिन्द्रले जिते शीर्षस्थानमा रहँदै छनोट हुनेछ भने बराबरी वा हारले मनाङ मर्स्याङ्दी क्लब छनोट हुनेछ ।

गत वर्ष लिगको उपाधि जिते पनि एएफसी क्लब लाइसेन्स नभएकाले मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्न पाएन ।

यस सिजन मच्छिन्द्रसँगै त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लबसँग एएफसी क्लब लाइसेन्स छ । जसमध्ये शीर्षस्थानमा रहने एक टोली सातौं चरणपछि एएफसी छनोटमा स्थान बनाउनेछ ।

पुलिसको सामना गर्दा मच्छिन्द्र स्पष्ट तीन अंक हात पार्दै शीर्ष स्थानमा फर्कदै एएफसी कप छनोट खेल्न चाहन्छ । सात खेलमा शीर्ष स्थानको मनाङको १६ अंक छ । दोस्रो स्थानको मच्छिन्द्रको १४ अंक छ ।

त्यसैले एएफसी कप छनोटका लागि मच्छिन्द्रलाई पुलिसविरुद्ध जितको विकल्प छैन । बराबरी वा हारले मच्छिन्द्रको एएफसी कप छनोट खेल्ने लक्ष्य यस पटक पनि अधुरो बन्न सक्छ ।

पुलिस क्लब भने ६ खेलमा ६ अंकसहित १० औं स्थानमा छ । पाँचौ चरणमा मनाङलाई नतिजा सुम्पिएको पुलिस छैठौं चरणमा फ्रेन्डससँग गोलरहित बराबरीमा रोकिएको थियो ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : १९ बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको