अछामको बान्नीगढी जयगढ गाउँपालिकामा भूमिहीनको तथ्यांक संकलन सुरु « Khabarhub

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा भूमिहीनको तथ्यांक संकलन सुरु


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – अछामको बान्नीगढी जयगढ गाउँपालिकामा भूमिहीन र अब्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन सुरु भएको छ ।

गाउँपालिकामा रहेका भूमिहीन र अव्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न आज (आइतबार) देखि ६ वडामा १२ जना सहजकर्ता परिचालन गरिएको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले जानकारी दिएका छन् ।

तथ्यांक संकलनको काम सकिएपछि जग्गा धनी प्रमाण पत्र दिइने अध्यक्ष खड्काले बताए । लामो समयदेखि अरुको जग्गामा घर बनाई बसोबास गरिरहेका तर जग्गाधर्नी पूर्जा नभएकालाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले एफएमडीसीको सहयोगमा अभियान थालिएको हो ।

आफ्नै कार्यकालमा विकास बजेट कटौती गरेर भए पनि भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले काम गरिएको खड्काले बताए ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : १७ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर