पृथ्वी जयन्तीमा विदा दिन र नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न प्रधानमन्त्रीसँग राप्रपाको माग « Khabarhub

पृथ्वी जयन्तीमा विदा दिन र नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न प्रधानमन्त्रीसँग राप्रपाको माग


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही पुस २७ गते पृथ्वीनारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसमा रुपमा मनाइने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ ।

आइतबार राप्रवा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको राप्रपा नेताहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सार्वजनिक विदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राप्रपाले यसअघि तत्कालीन प्रधानमन्त्री देउवाले २०७४ को पृथ्वी जयन्तीमा पनि विदा दिएको भन्दै फेरि पनि विदा दिन माग गरेको छ ।

राप्रपाले नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्नसमेत माग गरेको छ ।

मिति : २०७८ पुस १८ गते
सम्माननिय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
सिंहदरबार, काठमाडौ ।
विषयः ज्ञापन पत्र ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको रुपमा भब्यताका साथ मनाईरहेको सर्वविदितै छ ।

नेपालीलाई नाम र पहिचान दिने राष्ट्र निर्माताको सम्मानमा राज्यका तर्फबाट कुनै कमी हुन दिनु हुँदैन भन्ने राप्रपाको अविचलित मान्यता रही आएको छ । राष्ट्र एकिकरणका नायकलाई कुनै पनि वाद, विवाद र सिद्धान्त भन्दामाथि राखेर उहाँको जन्म जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदा कसैको आस्था र विश्वास माथि चोट पुग्दैन तसर्थ आगामी पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, उक्त दिन सार्वजनिक विदा दिन तथा नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्विर अंकित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सम्माननीय प्रधानमन्त्रीज्यू र नेपाल सरकार समक्ष जोडदार माग गर्दै यो ज्ञापनपत्र पेश गर्दछ ।

यसै सन्दर्भमा २०७४ सालमा सम्माननीय प्रधानमन्त्रीज्यूकै नेतृत्वको सरकारले सार्वजनिक विदा दिने भनि गरेको निर्णय उपयुक्त रहेको र जनस्तरले स्वागत गरेको भएतापनि त्यसले निरन्तरता पाउन नसकेको अवस्थामा सार्वजनिक विदा दिने प्रधानमन्त्रीज्यूको पूर्ववर्ति निर्णयलाई पुनः स्मरण गराउदै आगामी पौष २७ गते सार्वजनिक बिदा दिनुको साथै सरकारी स्तर बाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गराउन हुन राप्रपा सरकारसँग जोडदार माग गर्दछ । यदि उक्त निर्णय नगरिए राप्रपाले देशव्यापी बिरोध आयोजना गर्ने कुरा पनि यसै ज्ञापन पत्र मार्फत जानकारी गराउँदछु ।

राजेन्द्र लिङ्गदेन
अध्यक्ष

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ५ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै