नेप्से परिसूचक ३२ अङ्कले बढ्यो « Khabarhub

नेप्से परिसूचक ३२ अङ्कले बढ्यो


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३२ अङ्क बढीले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३२.०३ अङ्कले वृद्धि भई दुई हजार ६१६.९४ अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकक ५.८६ अङ्कले बढेर ४८७.८७ मा पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज उत्पादन उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ । उत्पादन २.२६ अङ्कले ओरालो लाग्दा बैंकिङ २५.४०, विकास बैंक ७३.२८, वित्त ४२.८१, होटल तथा पर्यटन २३.३८, जलविद्युत् १०.११, लगानी १.४८, जीवन बीमा ९३.८८, लघुवित्त १४५.१५, सामूहिक लगानी कोष ०.१८, निर्जीवन बीमा ६१.३८, अन्य ३।२९ र व्यापार १८६.५४ अङ्कले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ४४ लाख ७० हजार ५७० बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु १८ करोड २९ लाख ९३ हजार ६५६, शिवम् सिमेन्ट रु १६ करोड २६ लाख ५२ हजार ९३१, नविल बैंक रु १४ करोड ९३ लाख ६३ हजार २८२ र नेपाल बंगलादेश बैंक रु १२ करोड ४८ लाख ९४ हजार ८१७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार मध्य भोटेकोशी १०, गुराँस लघुवित्त ९.४५, एनआइसी एशिया लघुवित्त ८.३८, साल्ट टे«डिङ कर्पोरेशन ८.१४ र फस्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ७.८३ प्रतिशतले कमाए । यस्तै, रुरु जलविद्युत् परियोजना २.५९, नेपाल बंगलादेश बैंक २.४५, कालिका पावर कम्पनी २.३२, लुम्बिनी जनरल इन्स्योरेन्स २.१२ र युनाइटेड इन्स्योरेन्सका लगानीकिर्ताले २.०३ प्रतिशतले गुमाए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ९६ अर्ब ५८ करोड ३९ लाख ८१ हजार २३ बराबर पुगेको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : ४५ बजे

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा