अनिश्चितकालको लागि सर्‍याे ‘प्रेमगीत ३’ « Khabarhub

अनिश्चितकालको लागि सर्‍याे ‘प्रेमगीत ३’


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन १३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ अनिश्चितकालका लागि सरेको छ । भारतमा कोरोनाको भेरिएन्ट ओमिक्रोनको बढ्दो दर र नेपालमा पनि कोरोना संक्रमणको अनुपात बढ्दै गएको कारण प्रदीप खड्का र क्रिस्टिना गुरुङ अभिनित फिल्म सरेको हो ।

फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले भारत बजारका वितरक समूहको सल्लाह सुझाव अनुरुप फिल्म सारिएको जनाएका छन् । ‘नेपालमा कोरोना संक्रमणको दर बढ्न थालेपछि र भारत बजारका वितरक समूहले दिएको सल्लाह सुझावलाई मनन गर्दै थिएटर बन्द हुने क्रम बढेको हुनाले नेपाल र भारत अथवा विश्वभरी अलग अलग मितिमा प्रदर्शन नगरी एक साथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले फिल्मलाई अनिश्चितकालका लागि सारेका छौं’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्वं. छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको यस फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यो फिल्मबाट मनिष र क्रिस्टिनाले नायक–नायिकाको रुपमा डेब्यू गर्दैछिन् । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १२ : ११ बजे

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र