माओवादी सांसदले घुर्की लगाएपछि फकाउन कांग्रेसलाई हम्मे हम्मे « Khabarhub

माओवादी सांसदले घुर्की लगाएपछि फकाउन कांग्रेसलाई हम्मे हम्मे


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा मंगलबार उखु किसानको समस्याबारे सरकारका विभिन्न मन्त्रालयका सचिवसँग छलफल थियो ।

छलफलमा सभापति भरतकुमार शाहले उत्तर प्रदेशको मोडल प्रस्तुत गरेर दीर्घकालीन समाधानका लागि नयाँ कानुन बनाउनुपर्नेमा जोड दिए । त्यसमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई, राजश्व सचिव कृष्णहरि पुष्कर र कृषि सचिव गोविन्दप्रसाद शर्माले सहमति जनाउँदै समितिबाट भएका निर्देशन कार्यान्वयनमा गइरहेको र केही भुक्तानी गर्न बाँकी रहेको सुनाए । उखु किसानको समस्या समाधानका लागि आफ्नो मन्त्रालय जुनसुकै निर्णय गर्न तयार रहेको बताए । तर सधै प्रतिबद्धता आउने र समाधान नभएको देखेका सांसदहरु भने रन्किए ।

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले आमरण अनसन बसेर घुँडा टेकाउनेसम्मको अभिव्यक्ति दिए । त्यसपछि माओवादीकै सांसद धर्मशीला चापागाईं १५ असोज २०७५ अर्थात तीन वर्ष अघि दिइएका निर्देशन अझै कार्यान्वयन नभएको, समस्या ज्युँका त्युँ रहेको भन्दै कड्किएकी थिइन् ।
सचिवहरूको जवाफ चित्तो बुझ्दो नभएको भन्दै यो विषयमा छलफल गर्न उनले कांग्रेस नेतासमेत रहेका सभापति शाहको ध्यानाकर्षण गराएकी थिइन् ।

धर्मशीला कड्किँदा माओवादीकै मोदीले चाहिँ चेतावनी दिए । ‘आगामी ६ महिनामा नीति बन्दै गर्छ, अहिले राज्यले नै ८–१० करोड वक्यौता देओस् । पछि उद्योगबाट असुल्न सकिन्छ,ु उनले भने, ‘राज्यले किसानको समस्या सुनेन, बाँकी भुक्तानी तत्काल दिएन भने माइतीघर मण्डलामा गएर आमरण अनसन बस्छु । किसानसँगै अनसन बसेर घुँडा टेकाउँछौं ।’

मोदीको चेतावनीपछि बोलेकी कांग्रेस सांसद पार्वती डिसी चौधरीले माहोल शान्त पार्न खोजिन । उनले आफ्नै सरकार भएको बेला अनसन बस्ने कुरा नगर्न अनुरोध गरिन् । ‘माननीयज्यूले अनसन बस्ने कुरा नगर्नुस् । आफ्नै सरकार छ । समस्या समाधानका लागि सरकारलाई भन्नुपर्छ,’ उनले भनिन् ।

उनी त्यतिमै रोकिइनन्, समस्या समस्या समाधान नहुनुमा कसको कमजोरी हो भनेर प्रश्न गर्न थालिन् । ‘मन्त्रीहरु पनि हामीजस्तै माननीय भएरै गएको छ । किन रोकिइरहेको छ । मन्त्रीलाई सचिवले नटेरेको हो कि सचिवले मन्त्रीलाई बुझाउन नसकेको हो ? हाम्रो सरकार छ, किन समाधान हुन सकिरहेको छैन ? यसमा मन्त्रीहरू पनि गम्भीर हुनुपर्छ । सरकारले तुरून्त समाधान गर्नुपर्छ, उनले भनिन् ।

कांग्रेसबाट सभापति रहेका शाहले पनि माहोल शान्त पार्ने प्रयास गरेका थिए । सांसद धर्मशीला वाणिज्य सचिव भट्टराईमाथि कड्किँदा शाहले उहाँ९सचिव०ले सबै कुरा कहाँ भन्न सक्नुहुन्छ, मन्त्री नै बोलाउला भनेर भनेका थिए । माओवादी सांसदहरुले चर्को प्रश्न गर्दा सचिव भट्टराई छलफल नसकिँदै सभापति शाहसँग विदा मागेर हिँडेका थिए । छलफलमा माओवादी सांसदहरुले सरकारका सचिवबाट सन्तुष्ट हुनेगरी जवाफ नै नपाएको गुनासो गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ६ : ०० बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले