प्रदेश १ मा आठ जनाको उम्मेदवारी दर्ता, कसको कति मतभार ? | Khabarhub Khabarhub

प्रदेश १ मा आठ जनाको उम्मेदवारी दर्ता, कसको कति मतभार ?


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– राष्ट्रिय सभा सदस्यको चुनावका लागि प्रदेश १ बाट तीन पदका लागि आठ जनाको उमेदवारी परेको छ । मंगलबार भएको मनोनयन दर्तामा आठ जनाले उमेदवारी दिएका हुन् ।

नेकपा एमालेका राष्ट्रियसभा सदस्यहरू मोरङकी नैनकला ओझा, इलामका अगम बान्तवा र संखुवासभाका परशु मेघी गुरुङको कार्यकाल सकिन लागेपछि तीन जनाका लागि हुन गइरहेको निर्वाचनमा आठ जनाले उमेदवारी दिएका हुन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेले खुलातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोलुखुम्बुकी सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले खुल्ला तर्फ गोपाल बस्नेत नेकपा एकिकृत समाजबादीका भोजपुरकी महिला तर्फ जयन्ती राई र जनता समाजवादीका हेमराज राईले अपांगता भएका वा अल्पसंख्यकतर्फ मनोनयन दर्ता गराएका छन् ।

यस्तै झापाबाटै राप्रपाले पनि मनोनयन दर्ता गराएका छन् । खुला तर्फ अम्बर बहादुर बिष्ट र महिला तर्फ रन्जु प्याकुरेलले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रियसभाका लागि यस्तो छ प्रदेश १ को अंकगणित

प्रदेश १ मा नेकपा एमालेबाटै निर्वाचित भएका तीन जनाको पद रिक्त छ । केन्द्रमा रहेको पाँचदलीय गठबन्धनबाहेक प्रदेश १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि गठबन्धनमा सामेल रहेकोले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको मतभार एमालेको भन्दा धेरै हुन पुगेको छ ।

सबै मतदाताले मतदानमा सहभागी भएमा र फलोर क्रस नभएमा प्रदेश १ का तीनवटै सिट गठबन्धनका उम्मेदवारले जित्ने देखिन्छ । स्थानीय तहका अध्यक्ष र प्रमुख, उपाध्यक्ष र उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन् ।

निर्वाचनमा प्रदेशसभाका ९३ जना मतदाता रहेकोमा टंक आङ्बुहाङलाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त रहेको छ भने १३७ स्थानीय तहतर्फ २७४ मतदाता हुनेमा २ जनाको निधन भएको कारण २७२ जना मतदाता छन् ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोजी शेर्पा र भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएकोले स्थानीय तहका मतदाताको पद रिक्त छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानुनी प्रावधान छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यहरूको मतभार चार हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार चार हजार ८९६ गरी जम्मा मतभार नौ हजार ३१२ रहेको छ ।

प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको चार हजार ५४२ मतभार रहेको छ भने गठबन्धनको पाँच दलीय गठबन्धनमा आबद्ध दलहरूको कुल मतभार चार हजार ६८६ देखिएको छ ।

राष्ट्रियसभा निर्वाचनको लागि प्रदेशमा गठबन्धनमा आबद्ध नेपाली कांग्रेसको दुई हजार ७३६, नेकपा ९माओवादी केन्द्र० को १ हजार ८, नेकपा ९एकीकृत समाजवादी०को ६७८, जनता समाजवादी पार्टीको २१६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ । प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपाको १२० मतभार रहेको छ ।

प्रदेशमा नेकपा एमालेका ४१ जना प्रदेशसभा सदस्य, ६३ स्थानीय तहका प्रमुख र अध्यक्ष तथा ८० जना उपाध्यक्ष र उपमेयर छन् । प्रदेशसभातर्फ एमालेको मतभार एक हजार ९६८ रहेको छ भने स्थानीय तहतर्फ १४३ जनप्रतिनिधिको दुई हजार ५७४ मतभार रहेको छ ।

यसैगरी नेपाली कांग्रेसको प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ रहेका छन् । कांग्रेसका प्रमुख र अध्यक्ष ५४ तथा उपप्रमुख र उपाध्यक्ष ४२ को मतभार एक हजार ७२८ रहेको छ भने प्रदेशसभामा २१ सांसदको मतभार १००८ गरी जम्मा मतभार दुई हजार ७३६ छ । नेकपा ९माओवादी केन्द्र० १५ प्रदेशसभा सदस्य र स्थानीय तहका मतदाता प्रतिनिधि १६ जना छन् ।

माओवादीका १५ प्रदेशसभा सदस्यको ७२० मतभार रहेको छ भने प्रमुख र अध्यक्ष नौ जना तथा उपप्रमुख र उपाध्यक्ष सात जनाको मतभार २८८ सहित माओवादीको जम्मा मतभार एक हजार आठ छ ।

नेकपा ९एकीकृत समाजवादी०को प्रदेशसभामा १० सांसद र स्थानीय तहमा मतदाता रहेका ११ जना जनप्रतिनिधि छन् । स्थानीय तहका प्रमुख र अध्यक्ष ६ जना तथा उपप्रमुख र उपाध्यक्ष पाँच जनाको मतभार १९८ रहेको छ भने प्रदेशसभा सदस्यको ४८० सहित एकीकृत समाजवादीको जम्मा मतभार ६७८ रहेको छ ।

प्रदेशसभा सदस्य तीन, गाउँपालिका अध्यक्ष दुई र उपाध्यक्ष दुई रहेको जनता समाजवादी पार्टीसँग २१६ मतभार रहेको छ भने अध्यक्ष तीन, उपाध्यक्ष एक र प्रदेशसभा सदस्य एक रहेको राप्रपासँग १२० मतभार रहेको छ । प्रदेशसभामा एक सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ६ : २० बजे

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

जुम्लामा १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

जुम्ला– जुम्लामा यस वर्षको दशैँको समयमा मात्रै १६ करोड रुपैयाँ

अवैध काठ ओसारपसारमा संलग्न ट्याक्टरसहित एकजना पक्राउ

कपिलवस्तु– कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित

दशैँ टीकाको आज तेस्रो दिन, आशीर्वाद थाप्ने क्रम जारी  

काठमाडौं– आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै

काठमाडौं– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले