भारतको कर्नाटकमा शुक्रबारदेखि कर्फ्यू « Khabarhub

भारतको कर्नाटकमा शुक्रबारदेखि कर्फ्यू


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्नाटक – भारतको दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमितको संख्या बढेसँगै कर्नाटकमा सप्ताहन्तमा कर्फ्यू घोषणा गरिएको हो ।

कर्नाटकमा मंगलबार एकै दिन दुई हजार ५३ जनामा संक्रमण देखिएको थियो । तीमध्ये १४९ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो ।

कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार विहान ५ बजेसम्म जारी हुनेछ । कर्नाटकमा अहिले पनि रात्रीकालीन कर्फ्यू भने यथावत नै छ ।
कर्फ्यूको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्नाटक सरकारले जनाएको छ ।

यसअघि उत्तर प्रदेश र राजधानी दिल्लीमा पनि रात्रीकालीन कर्फ्यू लगाइएको थियो । तर, संक्रमण झन बढेपछि मंगलबार दिल्ली सरकारले सप्ताहन्तमा कर्फ्यू लगाइने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ९ : ५५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर