टेष्ट क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित « Khabarhub

टेष्ट क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्युजिल्याण्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा बंगलादेशले न्युजिल्याण्डलाई हराएको छ ।

बुधबार बिहान भएको खेलमा ४० रनको लक्ष्य पछ्याएको बंगलादेशले २ विकेट गुमाएर पुरा गर्दै ८ विकेटले विजयी भएको हो ।

पहिलो पालीमा बंगलादेशले चार सय ५८ रन बनाएपछि न्युजिल्याण्ड एक सय ३० रनले पछि परेको थियो । दोस्रो पालीमा पनि न्युजिल्याण्ड जम्मा एक सय ६९ रनमा समेटियो । उसका विल योङले ६९ रन बनाए । बंगलादेशका लागि इबदुत हसिनले ६ तथा तस्कीन अहमदले तीन विकेट लिए ।

दुई वटा टेष्टको श्रृङ्खला खेल्न बंगलादेश न्युजिल्याण्ड भ्रमणमा छ । घरेलु मैदानमा १७ खेलमा अपराजित रहेको विश्व टेष्ट च्याम्पियन न्युजिल्याण्डलाई हराएर बंगलादेशले ऐतिहासिक सफलता हात पारेको हो ।

टेष्ट क्रिकेटमा बंगलादेशले न्युजिल्याण्डलाई हराएको यो पहिलोपटक हो ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १० : ४० बजे

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर