टेष्ट क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित « Khabarhub

टेष्ट क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्युजिल्याण्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा बंगलादेशले न्युजिल्याण्डलाई हराएको छ ।

बुधबार बिहान भएको खेलमा ४० रनको लक्ष्य पछ्याएको बंगलादेशले २ विकेट गुमाएर पुरा गर्दै ८ विकेटले विजयी भएको हो ।

पहिलो पालीमा बंगलादेशले चार सय ५८ रन बनाएपछि न्युजिल्याण्ड एक सय ३० रनले पछि परेको थियो । दोस्रो पालीमा पनि न्युजिल्याण्ड जम्मा एक सय ६९ रनमा समेटियो । उसका विल योङले ६९ रन बनाए । बंगलादेशका लागि इबदुत हसिनले ६ तथा तस्कीन अहमदले तीन विकेट लिए ।

दुई वटा टेष्टको श्रृङ्खला खेल्न बंगलादेश न्युजिल्याण्ड भ्रमणमा छ । घरेलु मैदानमा १७ खेलमा अपराजित रहेको विश्व टेष्ट च्याम्पियन न्युजिल्याण्डलाई हराएर बंगलादेशले ऐतिहासिक सफलता हात पारेको हो ।

टेष्ट क्रिकेटमा बंगलादेशले न्युजिल्याण्डलाई हराएको यो पहिलोपटक हो ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १० : ४० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको