स्याफ्रुबेँसी–रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन थालियो « Khabarhub

स्याफ्रुबेँसी–रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन थालियो


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – मङ्गलबारदेखि बन्द स्याफ्रुबेँसी–रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन थालिएको छ । सुक्खा पहिराले सडक अवरुद्व भएपछि स्थानीय प्रशासनको सहयोगमा त्यो हटाउन थालिएको हो ।

पहिरो हटाउन आज बिहानदेखि स्काभेटर प्रयोग गरिएको छ । पहिरो पन्छाउन डिभिजन सडक कार्यालय र जलविद्युत् आयोजनाको स्काभेटर प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए। पैदलमार्गीलाई पहिरोस्थलमा सुरक्षितरुपमा ओहोरदोहोर गराउन सुरक्षाकर्मी परिचालन गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख गणेश सापकोटाले बताए ।

ठाडो भिर क्षेत्रमा अवस्थित राजमार्गको अवरोध हटाउन संयमता अपनाउनुपर्ने भएकाले पहिरो पन्छाउन कम्तीमा दुई दिन लाग्ने प्राविधिकको अनुमान छ । पहिराले राजमार्ग अवरूद्व बनाएपछि चीनबाट आयात गरिएका मालसामान बोक्ने कन्टेनर टिमुरे क्षेत्रमै रोकिएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ खोला आसपास क्षेत्रको भू–भागमा पहिराले विद्युत्, टेलिफोन तथा इन्टरनेटसमेत बन्द छ । टिमुरे तथा रसुवागढी क्षेत्रमा सञ्चारविच्छेद भएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १२ : ०५ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक