राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धन बलियो, एमाले एक्लै प्रतिष्पर्धामा « Khabarhub

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धन बलियो, एमाले एक्लै प्रतिष्पर्धामा


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन बलियो देखिएको छ ।

१२ माघमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनसँग प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिँदै छ ।

सत्तारुढ गठबन्धनबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रुपन्देहीका तुलबहादुर विश्वकर्मा प्रतिष्पर्धामा छन् ।

एमालेबाट दाङका रामदायल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी प्रतिष्पर्धामा छन् । सत्ता गठबन्धनको मतभार जोड्दा विपक्षी एमालेकोभन्दा बढी देखिएको छ ।

लुम्बिनी प्रदेशसभामा एमालेका ३८ सांसद र ८७ पालिकाका प्रतिनिधिको गरी ३ हजार ३९० मतभार छ । विपक्षी गठबन्धनमा कांग्रेसका १९ सांसद र ६६ पालिकाका प्रतिनिधि गरी २ हजार १०० मतभार र माओवादी केन्द्रका १९ सांसद र ४२ पालिकाका प्रतिनिधि गरी १६ सय ६८ मतभार रहेको छ । कांग्रेस र माओवादी केन्द्रको मतभार जोड्दा ३ हजार ७६८ छ ।

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका १ सांसद र पाँच पालिकाका प्रतिनिधि गरी १३८ मतभार छ । त्यस्तै जसपाका ६ सांसद र १४ पालिकाका प्रतिनिधि गरी ४४४ मतभार छ । त्यस्तै राप्रपाका २ र स्वतन्त्रबाट निर्वाचित १ जनाको गरी १४४ मतभार छ ।

राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट रिक्त रहेका महिला, दलित र अन्य समुदायका गरी तीन जनाका लागि निर्वाचन हुँदैछ । जसमा लुम्बिनी प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २९३ जना मतदाता रहेका छन् । घोराही कर्मचारी मिलन केन्द्रमा मतदान हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ९ : ४५ बजे

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद

कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु

सुदूरपश्चिम– कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका

कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

लेखनाथ– पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री