भारतको गृह मन्त्रालयले भन्यो, ‘प्रधानमन्त्रीको सुरक्षामा गम्भीर कमजाेरी’ « Khabarhub

भारतको गृह मन्त्रालयले भन्यो, ‘प्रधानमन्त्रीको सुरक्षामा गम्भीर कमजाेरी’


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेटसम्म फ्लाईओभरमा फँसेका छन् ।

सरकार विरोधी प्रदर्शनका कारण प्रधानमन्त्री मोदी पन्जाब प्रान्तको एउटा फ्लाईओभरमा फँसेका हुन् । मोदी फँसेको घटनालाई सुरक्षामा गम्भीर कमजाेरी भएकाे बताइएको छ ।

प्रधानमन्त्री मोदी एउटा स्मारकतर्फ जाने क्रममा प्रदर्शनकारी किसानहरुले उनको बाटो रोकेका थिए ।

केही साताअघि किसान आन्दोलनमा जथाभावी गाडी चलाएर किसानको हत्या गर्ने प्रान्तिय गृहमन्त्री अजय मिश्र र उनका छोरा आशिषलाई कारबाहीको माग गर्दै किसानहरुले प्रदर्शन गरेका थिए । गृहमन्त्री ‍मिश्रलाई तत्कालै पदमुक्त गर्न किसानहरुले माग गरेका थिए ।

उत्तर प्रदेशमा किसानहरुको आन्दोलनमा ‍आशिषले जथाभावी गाडी चलाउँदा चार जना मारिएका थिए । अजयले सुनियोजित ढंगले किसानको हत्या गरेको किसानसँग सम्बन्धित विभिन्न संघ संगठनले बताउँदै आएका छन् ।

‘यो प्रधानमन्त्रीको सुरक्षामा एउटा गम्भीर कमजाेरी हो, ’गृह मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । प्रधानमन्त्री मोदीले फेरोजपुर सहरमा आयोजित एउटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । कमजोर सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीको गाडी विमानस्थल फर्काइएको थियो ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १० : ४० बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै