चीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द « Khabarhub

चीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् ।

भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट बन्द भएका हुन् । स्वास्थ्य अधिकारीहरुले आयात गरिएका उत्पादनहरुमा आपतकालिन जाँच गरिएका छन् ।

साथै, ड्रयागन फ्रुट्स बिक्रेतालाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ । कोभिडको नयाँ लहर चलिरहेका बेला ड्रयागन फ्रुट्समा कोभिड देखिएको खबरले चीनमा त्रास फैलिएको छ ।

डिसेम्बरको अन्तिम साता ड्रयागन फ्रुट्समा कोभिड १९ का संकेत देखिएपछि चीनले यसअघि सो फल २६ जनवरीसम्म चीन आयात गर्न प्रतिबन्ध लगाएको थियो ।

चीनले अर्को वर्षदेखि हिउँदे ओलम्पिक आयोजना गर्दैछ । ओलम्पिकअघि कोभिडलाई शून्यमा झार्ने सरकारको लक्ष्य छ । कोभिड देखिएपछि सियान र युझोउ सहरमा लकडाउन गरेको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १२ : २५ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने