रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता « Khabarhub

रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो ।

पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्यहरु सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।

‘नेपाल सुशासन पार्टी (नेसुपा)ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। नेसुपा छिटै दल घोषणा सभामार्फत् आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरु जनतामाझ राख्ने तयारीमा रहेको छ’, विज्ञप्तिमा भनिनएको छ ।

खरेलका अनुसार निर्वाचन आयोगमा नेपाल सुशासन पार्टीको ४७ सदस्यीय केन्द्रीय सदस्यले सनाखत गरेका छन् ।

जसमा अध्यक्षमा खरेल छन् भने उपाध्यक्षमा राजकुमार यादव, चन्द्रबीर नेम्वाङ्ग, गोविन्दप्रसाद रिजाल, शंकरलाल श्रेष्ठ र टुलराज बस्याल छन् । पार्टीको महासचिवमा गोविन्द गिरी रहेका छन् ।

त्यस्तै सचिवहरुमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट छन् । कोषाध्यक्ष भक्तबहादुर श्रेष्ठ र सहकोषाध्यक्ष मिनकुमार श्रेष्ठ रहेको पार्टीमा केन्द्रीय सदस्यहरु गणेश घिमिरे, विनादेवी, प्रदीप चौधरी, अनिल पटेल, बासुदेव तिवारीलगायत छन् ।

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १० : १५ बजे

निजी शिक्षामैत्री ऐन ल्याउन पहल गर्ने हिसानको घोषणा

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले

शेखरको गुनासो- विदेशबाट युवाले आमाबुवाको अवस्था नबुझी अमुक दलको पक्षमा उक्साए

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संरक्षणका लागि

भक्तपुर–१ : उम्मेदवारहरू विकासको ‘एजेन्डा’सहित घरदैलोमा

भक्तपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रचारप्रसारमा जुटेका

महाशिवरात्रिपछि नागाबाबा र साधु-सन्तलाई पशुपतिनाथबाट बिदाइ

काठमाडौं– महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका

पूर्वसञ्चारमन्त्रीको गाउँमा टेलिफोनको टावर ल्याइदिने अजयबाबुको प्रतिबद्धता 

चरीकोट– नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले पूर्वसञ्चारमन्त्री एवं एमालेका हालका