विश्वभर कोरोना संक्रमितको संख्या ३० करोड नाघ्यो | Khabarhub Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ३० करोड नाघ्यो

एकै दिन २३ लाख ५९ लाख थपिए


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा २३ लाख ५९ हजार ६५६ जना कोरोना संक्रमित थपिएका छन् ।

ओर्ल्डोमिटरको विवरणअनुसार यो संख्या हिजो बिहिबारभन्दा ५ हजारले कम हो । अहिले दैनिक थपिने संक्रमितको संख्या हालसम्मकै सर्वाधिक पाइएको हो । बुधबार साढे २० लाखभन्दा धेरैमा संक्रमण पाइएको थियो ।

आज अमेरिकामा मात्रै ६ लाख ४६ हजार, फ्रान्समा २ लाख ६१ हजार, इटलीमा २ लाख १९ हजार, बेलायतमा एक लाख ७९ हजार र अर्जेन्टिनामा १ लाख ९ हजार थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ३० करोड ५ लाख ३८ हजार ६०८ पुगेको छ । तीमध्ये २५ करोड ७४ लाख ५२ हजार ८९ जना निको भइसकेका छन् भने ५४ लाख ८८ हजार ८८४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २३४ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा एक हजार ६००, रुसमा ८०२, जर्मनीमा ३०५, बेलायतमा २३१, फ्रान्समा २०४ र टर्कीमा १५६ जना छन्।

पछिल्लो एक दिनमा ६ लाख ५६ हजार ८८९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुनेको संख्या अमेरिकामा ७४ हजार, फ्रान्समा ५७ हजार, बेलायतमा ५३ हजार, इटलीमा ४६ हजार, जर्मनीमा ४४ हजार र टर्कीमा २५ हजार छन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ६ : १३ बजे

म्याग्दीको गाजनेमा स्याउ उत्पादन सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउखेतीले

पुटिनलाई स्वागत : अलास्कामा बी २ बमवर्षक उडाएर ट्रम्पले दिन खोजेको सन्देश

अलास्का – अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले

‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं – प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र झरी पछिको

कोलकत्ता बन्दरगाहबाट १५ लाख बोरा रासायनिक मल नेपाल भित्रियो

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कोलकत्ता बन्दरगाहमा १५ लाख २३

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

म्याग्दी– म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल