विश्वभर कोरोना संक्रमितको संख्या ३० करोड नाघ्यो « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ३० करोड नाघ्यो

एकै दिन २३ लाख ५९ लाख थपिए


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा २३ लाख ५९ हजार ६५६ जना कोरोना संक्रमित थपिएका छन् ।

ओर्ल्डोमिटरको विवरणअनुसार यो संख्या हिजो बिहिबारभन्दा ५ हजारले कम हो । अहिले दैनिक थपिने संक्रमितको संख्या हालसम्मकै सर्वाधिक पाइएको हो । बुधबार साढे २० लाखभन्दा धेरैमा संक्रमण पाइएको थियो ।

आज अमेरिकामा मात्रै ६ लाख ४६ हजार, फ्रान्समा २ लाख ६१ हजार, इटलीमा २ लाख १९ हजार, बेलायतमा एक लाख ७९ हजार र अर्जेन्टिनामा १ लाख ९ हजार थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ३० करोड ५ लाख ३८ हजार ६०८ पुगेको छ । तीमध्ये २५ करोड ७४ लाख ५२ हजार ८९ जना निको भइसकेका छन् भने ५४ लाख ८८ हजार ८८४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २३४ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा एक हजार ६००, रुसमा ८०२, जर्मनीमा ३०५, बेलायतमा २३१, फ्रान्समा २०४ र टर्कीमा १५६ जना छन्।

पछिल्लो एक दिनमा ६ लाख ५६ हजार ८८९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुनेको संख्या अमेरिकामा ७४ हजार, फ्रान्समा ५७ हजार, बेलायतमा ५३ हजार, इटलीमा ४६ हजार, जर्मनीमा ४४ हजार र टर्कीमा २५ हजार छन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ६ : १३ बजे

मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं– काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता

काठमाडौं– सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८ सय

इजरायलमा अक्टोबर २७ मा आम चुनाव हुने

एजेन्सी– क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबीच इजरायलले