बंगलादेश र भुटान जाने नेपालीको राहदानीमा प्रस्थान छाप अनिवार्य, भारत जाँदा नपर्ने « Khabarhub

बंगलादेश र भुटान जाने नेपालीको राहदानीमा प्रस्थान छाप अनिवार्य, भारत जाँदा नपर्ने


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– स्थालमार्ग हुँदै भारत जाने नेपालीहरुको राहदानीमा प्रस्थान छाप नलगाउन सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ । पछिल्लो समय भारत जाने नेपालीहरुको राहदानीमा सीमा क्षेत्रमा रहेका अध्यागमन विभागका शाखा कार्यलयहरुले छापा लगाउन थालेपछि अध्यागमन विभागले उक्त कार्य रोक्ने विज्ञप्ती जारी गरेको छ ।

नेपालबाट रोजगारी तथा  अन्य कामका लागि भारत जादाँ पनि विगत केही महिनादेखि अध्यागमन प्रहरीले केही ठाउँमा राहदानी खोज्ने र प्रस्थान छापा लगाउँदै आएको थियो । सानो कामका लागि भारत जाँदा पनि प्रहरीले राहदानी र अन्य कागतजागत खोज्न थालेपछि सवसाधरणले सास्ती भएको भन्दै सरकारको ध्याषर्कण गराएका थिए ।

राहदानीमा प्रस्थान छापा नलगाइ भारत जान रोक लगाउन थालेपछि सीमा क्षेत्रका नागारिकले समस्या भएको भन्दै यो कार्य रोक्न माग गर्दै आएका थिए । काकरभिट्टा, पशुपतिनगर, विरानगर, वीरजञ्ज, बेलहिया, जमुनाहा, मोहना (कैलाली) र गड्डाचौकी नाका हुँदै भारत जाने नेपालीको राहदानी माग्ने तथा प्रस्थान छाप लगाउने काम नगर्न अध्यागमन विभागले मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

यसैगरी भुटान र बंगालादेश जाने नेपालीका हकमा भने अनिवार्य रुपमा प्रस्थान छाप लगाए मात्र जाने अनुमति दिन विभागले सीमा क्षेत्रका कार्यलयलाई निर्देशन दिएको छ । पछिल्लो समय रोजगारी अन्य कामका लागि नेपालीहरु भारत हुँदै बंगलादेश र भुटान जाने क्रम बढेपछि विभागले अनिवार्य राहदानी र प्रस्थान छाप लगाउनु पर्ने व्यवस्था गरेको जनाएको छ ।

यो भन्दा अगाडी बंगलादेश र भुटान जाने नेपालीले आफनो परिचय खुल्ने नागरिकता तथा परिचयपत्र बोकेर जाने गरेको थिए । अब भने राहदानी र प्रस्थान छाप अनिवार्य गरिएको अध्यागमनले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ३ : २८ बजे

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा