क्रिकेट प्रशिक्षक संघको स्थापना « Khabarhub

क्रिकेट प्रशिक्षक संघको स्थापना


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत बहादुर टमटाको अध्यक्षतामा नेपाल क्रिकेट प्रशिक्षक संघको स्थापना गरिएको छ । नेपालमा रहेको क्रिकेट प्रशिक्षकहरुको मंगलबार भएको भेलाले ११ सदस्यीय नेपाल क्रिकेट प्रशिक्षक संघ (सिसीएएन) को तदर्थ समिति गठन गरेको हो ।

कार्यसमितिमा अध्यक्ष टमटासहित उपाध्यक्षमा राजु बस्नेत, सचिब वसन्त शाही, कोषाध्यक्ष कैलास बिष्ट रहेका छन् । यस्तै सदस्यहरुमा सामसन जङ्ग थापा, शेरबहादुर लामा, मनोज कटुवाल, निरा राजोपाध्याय, प्रकाश शर्मा, रिजन प्रजु, ज्ञानेन्द्र छेत्री छन् ।

क्रिकेट प्रशिक्षक संघ नेपालमा पहिलो पटक स्थापना गरिएको हो । संघले प्रशिक्षकहरुका समस्या समाधानमा एक भएर लाग्ने बताएको छ । यस्तै संघको सल्लाहकारमा अरुण कुमार अर्याल र सुनोज भट्टराई छन् भने नारायण राज अर्याल कानुनी सल्लाहकार रहेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ४ : ४५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने