गठबन्धका नेताहरूबीच दुई मिनेट सँगै बस्ने अवस्था छैन : सुवास नेम्वाङ « Khabarhub

गठबन्धका नेताहरूबीच दुई मिनेट सँगै बस्ने अवस्था छैन : सुवास नेम्वाङ


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलको नेता सुवास नेम्वाङले सत्तापक्षको गठबन्धनमा दुई मिनेट पनि सँगै बस्ने अवस्थामा नभएको बताएका छन् । एमाले बलियो भएकाले विरोधीहरू एक ठाउँमा उभिएको उनको भनाइ छ ।

इलाममा नेकपा एमालेको १०औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले एमालेलाई हेरेर मात्रै गठबन्धन एक ठाउँमा रहेको टिप्पणी गरे । गठबन्धन एमालेलाई सिद्ध्याउन लागेको भन्दै नेम्वाङले भने, ‘निषेधको राजनीति गर्नु हुँदैन । राजनीतिमा बदलाको भाव राख्नुहुँदैन ।’

नेता नेम्वाङले सत्तापक्षले प्रतिपक्षी विहीनताको कल्पना गरेको आरोप लगाएका छन् । ‘सत्तापक्षका नेताहरूले प्रतिपक्षीलाई यो ढंगले आलोचना गरेको अन्त कतै देख्नु भएको छ ? प्रतिनिधिसभामा रहेका एमालेको सांसदले हिँडे हुन्छ भन्नु हुन्छ । यो कस्तो भनाइ हो ?’, नेम्वाङले थपे, ‘यो कस्तो खालको सोचाइ हो ? कस्तो तरिका हो ? सत्तापक्ष प्रतिपक्ष विहीनताको कल्पना गर्दै हुनुहुन्छ ।’

अहिलेको सरकारले एउटा पनि सुल्टो काम नगरेको नेम्वाङले बताएका छन् । ‘सरकारले एउटा पनि सुल्टो काम गरेको छैन, पहिलेको सरकारले गरेको काम उल्टाउने बाहेक अरू केही गरेको छैन’, नेम्वाङले थपे, ‘अदालत काम गर्न नसक्ने अवस्थामा छ, संसद्ले सिन्को पनि भाँच्न सकेको छैन, राज्यका तीनै अङ्ग काम गर्न नसक्ने अवस्थामा छन् ।’ ओली सरकारले प्रतिगमन गरेको र त्यसलाई सच्याएको दाबी गर्ने दलहरूले मुलुकलाई अहिलेको अवस्थामा पुर्‍याएको नेम्वाङको आरोप छ ।

उनले नेपालजस्तो मिश्रित प्रणाली अपनाएको मुलुकमा गठबन्धन अचम्मको कुरा नभएको भन्दै नेम्वाङले अहिलेको गठबन्धनलाई दूषित गठबन्धन भएको टिप्पणी गरे । ‘गठबन्धन एउटा मान्यतामा आधारित हुन्छ, अहिले गठबन्धनमा भएका साथीहरू चुनावमा कहाँ कहाँ उभिनु भएको थियो ?, विपक्षी ध्रुवमा उभिएकाहरूको यो गठबन्धन दूषित गठबन्धन हो ।’

नेकपा एमालेका नेता नेम्वाङले अहिले सबैको दृष्टि एमालेमा रहेकाले एमालेलेका नेता कार्यकर्ता विनम्र र जिम्मेवार बन्न उनले कार्यकर्तालाई निर्देशन दिए र चुनावी तयारीमा जुट्न आग्रह गरे । दशौँ जिल्ला अधिवेशनमा एमालेका केन्द्रीय सदस्य राम राना, तारा गुरुङ, अगम वान्तता लगायतले बोलेका थिए । उद्घाटन सत्रमा पार्टीमा योगदान गर्ने ४५ जनालाई सम्मान गरिएको थियो । दुई दिनसम्म चल्ने अधिवेशनले पाँच पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ । अधिवेशनमा ६०८ जना प्रतिनिधि सहभागी छन् । न्यूजकारखाना

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ६ : ३५ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने